
बर्दिया, फागुन १ गते
बारबर्दिया नगरपालिकाले २७ औँ जनयुुद्ध दिवसको अवसरमा पालिका भित्रका जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता तथा घाईतेहरुलाई सम्मान गरेको छ । बारबर्दियाकाले सहिद, बेपत्ता परिवार तथा घाइतेहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा महत्पुर्ण भूूमिका निभएको भन्दै सम्मान गरिएको हो ।
बारबर्दिया नगरपालिकाले बर्दिया जिल्ला भरिका सहिद बेपत्ता तथा अपांग घाईतेहरुको छोटो जीवनी लेखिएको जीवन गाँथा नाम किताब, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मान कार्यक्रममा पुुर्व सभामुुख कृष्णबहादुर महराले सहिद तथा बेपत्ताहरुले देखाएको बाटो देश चलिरहेको बताउनुु भएको छ । बारबर्दिया नगरपालिकाले सहिद तथा बेपत्ताहरुको सपना साकार पार्नका लागि उहाँहरुले देखाएको बाटोमा हिडिरहेको बताउनुु भएको छ । सहिदहरुले आफ्नो ज्यानको बाजी थापेर संघीय लोकतान्त्रिक, स्वतन्त्र र समानुुपातिक शासनप्रणालीको ब्यबस्था ल्याएको बताउनुु भएको छ । अहिले नेपालको संविधान दक्षिण एसियाको उत्कृष्ट सविधान रहेको बताउनुु भएको छ । उहाँले अर्को प्रसंगमा आफ्नो पाटी आगामी बैशाख ३० गते नै स्थानीय निर्वाचान गर्न तयार रहेको बताउनुु भएको छ । उहाँले नेकपा(माओबाद केन्द्र) एमसिसिको बिरुद्धमा रहेको स्पष्ट पार्नुु भएको छ । पाँच दलीय गठबन्धन फुुट्ने सम्भावना पनि कम रहेको बताउनुु भएको छ ।
कार्यक्रममा पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुुमार थारुले सहिद तथा बेपत्ताहरुको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । बारबर्दिया नगरपालिकाका नगरप्रमुुख दुुर्गाबहादुर थारु कविरको सभातित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य नगरउप्रमुख अ ञ्जु दहितले गर्नु भएको थियो । कार्यक्रम बारबर्दियाको जयनगरमा भएको थियो । कार्यक्रमको संचालन नगरप्रबक्ता दुुर्गाबहादुर विश्वकर्मा अविरलले गर्नुभएको थियो ।