
बर्दिया, फागुन १७ गते
बारबर्दिया नगरपालिकाको वडा नम्बर ९ कतर्नियामा बसाहा बर्डा गौसेवा आश्रममा गाई प्रवेश गराई गौसेवाको शुुरुवात गरिएको छ । छाडा गाईगोरुको समस्याको समाधान गर्नका लागि बारबर्दियाका नागरिकहरुले गौसेवा आश्रम बिधिवत रुपमा दर्ता गरेर महाँशिवरात्रीको अवसर पारेर शुरुवात गरिएको हो ।
किसान तथा देशब्यापी रुपमा छाडा गाईगोरुहरुको समस्या बढदै गईरहेकोबेलामा ब्यबसायिक महत्वकाक्षि भावि योजना सहित गौसेवाको संचालनमा ल्याएको गौसेवा संचालन समितिका सचिव लिखिराम थारुले जानकारी गराउनुु भएको छ । गौसेवा अन्तिम बिकल्प नरहेको बताउदै, प्रत्येक घरपरिवार गाईपालन गर्नु पर्ने आवश्यकता महसुश गराउन जनचेताना जगाउने, गाईको मलमुत्रबाट विविध किसिमका बस्तुहरु उत्पादन गर्ने, युवाहरुलाई रोजगारीको सिर्जना गर्ने, योजना सहित, आर्थिक संकलन गरेर कामको थालनी गरेको बताउनुु भएको छ । यस गौसेवालाई प्रभावकारी र ब्यबस्थिति गराउनका लागि स्थानीय र प्रदेश र संघीय सरकारसंग प्रस्तावना पठाई नेपालकै नमुना पालिका बनाउन खोजि रहेको बताउनु भएको छ ।
गौसेवामा गाई प्रवेश कार्यक्रममा प्रमुुख अतिथि तथा बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख अञ्जु दहितले छाडा गाईको ब्यबस्थापनका लागि तिनै तहका सरकारले आफ्नो तर्फबाट योजना बनाउनु पर्ने बताउनुु भएको छ । छाडा गाईको ब्यबस्थापनका लागि सरकार तथा जनप्रतिनिधिहरुले मात्र छाडागाईगोरु ब्यबस्थापनको लागि भूमिका खेल्नुपर्छ भन्ने भावनालाई हटाई हामी सबैको दायित्व र कर्तब्य हो भनेर बुझ्नु पर्ने बताउनु भएको छ ।
बसाहा बर्डा गौसेवा आश्रममा गाई प्रवेशको कार्यक्रमको साभापतित्व सोही समितिका अध्यक्ष नरायण प्रसाद खनालले गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, गाईसंरक्षण क्षेत्रमा लागेका अभियन्ताहरु र स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।