Logo

विरामी बोकेको एम्बुलेन्सले ट्रलीमा ठोक्दिा एकको मृत्यु

Rato Pen १६ मंसिर २०७७, मंगलवार ०६:२७ मा प्रकाशित

सप्तरी, १६ मंसिर ।
सप्तरीबाट विरामी बोकेर उपचारको लागि विराटनगर लेजादैँ गरेको एम्बुलेन्स सोमवार दुर्घटनामा परेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एम्बुलेन्समा सवार अन्य तीन जना घाईत भएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँबाट विरामी बोकेर विराटनगर जादँै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । मृतक मण्डलका ३० वर्षीय छोरा जितेन्द्र मण्डल, ५० वर्षीय भाई रामसुन्दर मण्डल र ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल घाइते छन् ।
उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स र ट्रली चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?