Logo

राजनीतिक दलहरु बस्तीस्तरमा गतिबिधि बढाउदै

Rato Pen २ चैत्र २०७८, बुधबार ०८:५८ मा प्रकाशित

बर्दिया, चैत २ गते
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बर्दियामा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले वडा तथा टोल स्तरमा कार्यक्रम तथा गतिबिधिहरु बढाउन थालेका छन् । बर्दियामा बिशेष गरेर नेकपा (माओवादी केन्द्र), नेपाली काग्रेस, नेकपा एमाले, नेकपा(समाजबादी)पार्टी, राप्रपा लगाएतका पार्टीहरुले बढि आफ्नो गतिबिधिहरु बढाएका छन् ।
यता नेकपा (माओवादी केन्द्र),बारबर्दिया नगरकमिटीले निर्वाचनमा सहयोग पुर्याउने खालका समितिहरु गठन प्रक्रियालाई अगाडी बढाएको छ । वडास्तरीय कमिटीको बैठक बस्दै वडा स्तरमा पार्टी कार्यालय स्थापना देखि निर्वाचन परिचालन समिति र प्रशिक्षण लगाएतका कार्यक्रमहरु गर्न थालेको हो ।
बारबर्दियाका प्रत्येक वडाहरुमा गएर सिनियर सदस्यहरुको नेतृत्वमा निर्वाचन परिचालन वडा समिति गठन र टोल, जनवर्गीय संगठन भेला बैठक गर्ने महत्वपूर्ण योजना, राजनीति प्रशिक्षण, वडा तथा टोल स्तरका ईन्चार्ज, मत सर्भेक्षण, पार्टीका तर्फबाट स्थानीय स्तरमा भूमिआयोगले वितरण गर्ने जग्गाको बारेमा स्थानीय सरकारलाई आवश्यक परेको बेलामा सहयोग र समन्वय गरिदिने लगाएतका काम गर्दै आएको नेकपा (माओवादी केन्द्र) बारबर्दिया नगरकमिटीका सहसचिव सन्तोष पोखरेलले जानकारी गराउनु भएको छ ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर १ देखि ११ नम्बर वडा सम्म भईरहेको कार्यक्रममा नेकपा(माओबादी केन्द्र) बारबर्दियाका नगरकमिटीका अध्यक्ष दशरथ अगलपथ थारु(सुदिन), उपाध्यक्ष, पतिराम थारु(बहाक), सहसचिव सन्तोष पोखरेल, लुम्बिनी प्रदेश सदस्य मेनका चौधरी लगाएत पार्टीकाख नेता कार्यकर्ताहरुको सहभागिता रहने गरेको नेकपा(माओबादी केन्द्र)का नेता तथा बारबर्दिया नगरपालिकाका नगरप्रबक्ता दुर्गाबहादुर बिश्वकर्मा(अबिरल)ले जानकारी गराउनु भएको छ । बारबर्दियाका वडा नम्बर १ देखि ११ मध्य वडा नम्बर ७ र ११ मा बैठक बस्न बाँकी रहेको जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?