
बर्दिया, चैत ५ गते
घरच्वार थारुहरु संगठित भएर राष्ट्रिय सम्मेलन बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ बेलभारगाँउमा गर्ने भएका छन् । नेपालको बिभिन्न जिल्लामा बसोबास गर्ने घरच्वार थारुहरुको भाषा, संस्कृति र पहिचानका लागि संरक्षण र सम्वद्र्धन गरि आर्थिक, समाजिक र राजनीतिक रुपमा सक्षम बनाउने उदेश्यका साथ राष्ट्रिय सम्मेलन गर्न लागेका हुन् ।
नेपालको पश्चिमी जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायको घरच्वार गोतियार (गोत्र)हरुको दोस्रो सम्मेलन यहि चैत १८ र १९ गते गर्ने निर्णय गरेको छ । नेपालको बर्दिया, बाँके, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लाको बिभिन्न भेगमा बसोबास गर्ने घरच्वार थारुहरु भाषा, संस्कृति र पहिचानका लागि संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यले संगठित भईरहेका छन् । हाल सम्म कृषि पेशामा आश्रीत भएर सामान्य जिविकोपार्जन गर्दै आएका उक्त घरच्वार थारुहरुको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पहुच पुर्याई राज्यको मुलप्रवाहीकरणकमा ल्याउने आवश्यक रहेकोले उक्त घरच्वार थारुहरुलाई संगठित गर्नु पर्ने अगुवा पुर्ण बहादुर घरच्वार थारुको भनाई रहेको छ ।
गाँउ र टोलमा मात्र सिमित रहेर गोतियार चिन्ने घरच्वारहरु अहिले नेपालका बिभिन्न जिल्लाहरुमा छरिएर रहेका सम्पुर्ण घरच्वार थारुहरु संगठित भई भाषा, संस्कृतिको पहिचान र सहयोग आदानप्रदानका गर्न सहयोग पुग्ने बिश्वासका साथ सम्मेलन गरिहेको घरच्वार थारुहरुको राष्ट्रिय सम्मेलन भूल तयारी समितिका संयोजक योगेन्द्र घरच्वार चौधरीले बताउनुु भएको छ ।
सम्मेलनमा ६ जिल्लाका करिब एक हजार घरच्वार थारुहरुको उपस्थिति हुने आयोजकले जनाएको छ । दुई दिन सम्म सञ्चालन हुने पहिलो दिन खुलासभा गर्ने र दोस्रो दिन बन्दसत्रमा घरच्वार थारु समाज नेपाल नाम संस्था दर्ताका लागि विविध छलफल गरि बिधान तथा नियमवली र भावी रणनीतिको बिषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
२०७५ सालमा राजापुरको नयाँगाँउमा भएको प्रथम सम्मेलनले गरि हाल दास्रो सम्मेलन बारबर्दियाको बेलाभारम ागर्ने गर्ने भएको छ । बर्दिया जिल्लामा बसोबास गर्ने घरच्वार थारु अगुवाहरु राजापुरको बालाबजारमा गएको फागुन २१ गते बसेको बैठक चैत १८ र १९ गते दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । चैत महिनाको २८ गते ६ जिल्लाका घरच्वार थारु अगुवाहरुको बैठकले सोही मितिमा नै राष्ट्रिय सम्मेलन गर्ने सदर गरेको छ । उक्त सम्मेलनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि घरच्वार राष्ट्रिय सम्मेलन मूल समारोह समिति, उपसमितिहरु गठन गरि कामको बाडफाँड गरेर काम गरिरहेको छ ।