Logo

बर्दियामा बालबालिकाको सपना परियोजनाद्धारा गरिएको क्रियाकलापको अनुगमन

Rato Pen १० चैत्र २०७८, बिहीबार १६:५५ मा प्रकाशित

बर्दिया, चैत १० गते
लुम्बिनी प्रदेश सभासदस्यहरुको सहकार्य समन्वय समुह(ककस)ले बर्दिया जिल्लाको ठाकुरबाबा, बारबर्दिया र राजापुर नगरपालिकामा पुगेर बालबालिकाको सपना परियोजना अन्तरगत गरिएका क्रियाकलाको अनुगमन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको सहकार्यमा संचालित बाल बालिकाको सपना परियोजना अन्तरगतका क्रियाकलापहरुको अनुगमन गरिएको हो ।
लुम्बिनी प्रदेश सभासदस्यहको ककसका संयोजक दामा शर्माको नेतृत्वमा अनुगमनको क्रममा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधिहरु संग अन्तरक्रिया, बारबर्दिया नगरपालिकामा सामुहिक सम्बाद समुहसंग छलफल र राजापुर नगरपालिकामा बालबालिकाहरुको उत्प्रेरणा कुना(ऋजष्मि क्तष्mगबितष्यल ऋयचलभच) अवलोकन र आमा समुह संग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अनुगमन कार्यक्रममा लुम्बिनी प्रदेशका सभासदस्यहरु दामा शर्मा, रमा अर्याल, डा.कृष्णप्रसाद न्यौपाने, भगवती भण्डारी र लौटी थारु रहनु भएको थियो । प्रदेश योजना आयोगका सदस्य डक्टर दामोदर भूसाल, सामाजिक बिकास डिभिजनका रामसरण पाल, प्लान ईन्टरनेशनल नेपालका केन्द्रिय कार्यालयका प्रारम्भिक बालविकास सल्लाहकार किरण भण्डारी, प्लान ईन्टरनेशनल नेपालका दुर्गा क्षेत्री, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारु लगाएतको सहभागिता रहेको थियो ।
अनुगमनमा बालबालिकाको सपना परियोजना अन्तरगत पारेको सकारात्मक प्रभाव तथा आमाबुवाहरुले गरेको ब्यबहार परिर्वतनका विषयमा छलफल गरिएको थियो । छलफलमा सहभागिहरुले बालबालिकाहरुको स्याहार तथा पोषणको बिषयमा प्रभावकारी हुदै गएको बताउनु भएको छ । तालिम तथा समुहगत छलफलबाट सिकेकाहरुले ब्यबहार तथा पोषणमा सकारात्मक प्रभावपारी रहेको बताउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?