Logo

बारबर्दियामा चैत २३ गते देखि टाईफाईड रोग बिरुद्धको खोप लगाईने

Rato Pen १६ चैत्र २०७८, बुधबार १७:१५ मा प्रकाशित

बर्दिया, चैत १६ गते
राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत बर्दियाको बारबर्दिया नगरपालिकामा यहि चैत २३ गते देखि २८ गते सम्म टाईफाईड रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । टाईफाईड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोप शुरुवातको बारेमा नगरखोप समन्वय समिति एंव सरोकारवालाहरुको अभिमूखिकरण तथा योजना निर्माण गरिएको हो ।
अभियान नेपालमा एक चरणमा २०७८ चैत २५ गते देखि २०७९ बैशाख १८ गते भित्र सम्म सम्पन्न गर्ने राष्ट्रिय खोप समितिको निर्णय रहेपनि विद्यार्थीहरुको परिक्षा हुने भएकोले बर्दियामा २३ गते देखि नै शुरु गर्ने भएको छ । टाईफाईड रोग बिरुद्धको खोप १५ महिना देखि १५ बर्ष मुनिका बाल बालिकाहरुलाई यो खोप लगाउने कार्यक्रम रहेको छ । नेपालको करिब ७५ लाख, लुम्बिनी प्रदेशमा करिब १३ लाख, बर्दियामा करिब १ लाख र बारबर्दियामा २० हजार २ सय ८ जनामा खोप लगाउने कार्यक्रम रहेको जानकारी गराउनु भएको छ ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु(कबिर)ले टाईफाईड रोग बिरुद्धको खोप अभियानलाई सफल पार्न सबै सरोकारवाला निकायलाई आग्रह गर्नु भएको छ । खोप लगाउने कार्यक्रम विद्यालयमा हुने भएकोले विद्यालय नजाने उमेरका बालबालिकाहरुलाई खोप अभियान सम्म पुर्याउनका लागि सबै जनाले ख्याल गर्नु पर्ने बताउनु भएको छ ।
गोष्ठीको सहजीकरण बारबर्दिया नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्माले गर्नु भएको थियो कार्यक्रमको संचालन स्वास्थ्य शाखाका सहसंयोजक गोबिन्द पौडेलले गर्नु भएको थियो । गोष्ठी बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको थियो । गोष्ठीमा नगरप्रमुख उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?