Logo

थारु समुदायको खानाका परिकारलाई बजारीकरण गर्ने अभियानमा छौँ ः मन्त्री डिल्लीबहादुर चौधरी

Rato Pen १८ चैत्र २०७८, शुक्रबार २२:३४ मा प्रकाशित

बर्दिया, चैत १८ गते
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिन तथा सहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले थारुहरुको पहिचान खानाका परिकारहरुको बजारीकरण गर्ने अभियानमा रहेको बताउनु भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ११ बेलभारमा घरच्वार थारुहरुको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
थारु समुदायको परम्परागत रुपमा रहेको खानेकुराहरुलाई बजारीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताउनु भएको छ । थारुहरुको घरमा उत्पादन हुने रक्सीलाई लेवल मापन गरेर बजारमा लैजाने प्रयासलाई जारी राखेको बताउनु भएको छ । जसका लागि थारु समुदाय पनि सचेत र सक्रिय भएर लग्नु पर्ने कुरामा जोड दिनु भएको छ । घरच्वार थारु समुदायको घरगुरुवा समेत रहनु भएका मन्त्री चौधरीले थारु सामुदाय कलासंस्कृति र संस्कारले भरिपुर्ण रहेकोले यसलाई बिश्वबाजारमा लैजान आवश्यक रहेको बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले आफ्नो गोत्र तथा परिवार संगठित भएर आफ्नो कलासस्कृति संरक्षण र प्रर्वधन गर्नु बिकास रहेको बताउनु भएको छ । आफ्नो पहिचान जोगाउन पाउने सम्बैधानिक अधिकार रहेकोले थारु घरच्वारहरु पनि त्यस तर्फ अग्रसर हुनु सकारात्मक रहेको बताउनु भएको छ । नगरउपप्रमुख अञ्जु दहितले यस्तो खालको सम्मेलनले आफ्नो गोत्रहरुको चिनाजान र पहिचान हुने वातावरण सिर्जना गर्ने बताउनु भएको छ । हाम्रो धर्म संस्कार अनुसार आफ्नो गोत्रमा विवाह नचल्ने भएकोले आफ्नो गोत्र नचिन्दा गोत्रगोत्र बिच विवाह हुन सक्ने भएकोले पनि गोतियार सम्मेलन गर्न आवश्यक रहेको बताउनु भएको छ ।
सम्मेलनमा घरच्वारहरुको ईतिहास दहित घरगुर्वा रहेको घरच्वार थर रहन गएको बिभिन्न मिथक रहेको छ । चर्चित मिथककोे अनुसार, माछा मार्न गएकोबेलामा गाईको घण्टीमा सुनको ल्वाह्रा देखेर लोभियर घण्टी चोरेर ल्याएकोले घण्टाचोर घण्टाचोर भन्दा भन्दै अपभ्रम्स भएर घरच्वार हुन गएको र त्यसपछि उक्त परिवारलाई घरच्वार (घरचोरान) भनेर परिचित भएको मानिएको मान्यता रहेको घरच्वार थारु सम्मेलन मुल समारोह समितिका सदस्य पुर्णबहादुर घरच्वार थारुले अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ६ जिल्लाका करिब ८ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । दुई दिन सम्म संचालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सनिबार सकिने आयोजकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?