Logo

बारबर्दियामा ७ दिने आधारभूत मनोसामाजिक परामर्श तालिम

Rato Pen २ बैशाख २०७९, शुक्रबार १७:२८ मा प्रकाशित

बर्दिया, बैशाख २ गते
बारबर्दिया नगरपालिका न्यायिक समितिको आयोजनामा ७ दिने आधारभूत मनोसामाजिक परामर्श तालिम यहि बैशाख २ गते देखि जयनगरमा शुरु भएको छ । यहि बैशाख ८ गते सम्म संचालन हुने तालिममा द्वन्द्व पीडित समितिको प्राविधिक सहयोग तालिम शुरु भएको हो ।
तालिममा बारबर्दियाका १ देखि ११ वडाका ११ जना मेलमिलाप संयोजक, कक्षा १२ सम्म संचालनमा रहेका माध्यमिक विद्यालयका प्रधानाध्यापक र मनोपरामर्शकर्ता शिक्षक गरि ८ जना, बरघर संजालका प्रतिनिधि १ जना, बयस्क सहजकर्ता २ जना, बारबर्दियाका बिषयगत शाखाका शाखा प्रमुख, बारबर्दिया भित्र रहेका मनोपरामर्शकर्ता र कैलाली जिल्लाका ३ जना सहभागि गरि करिब ३० जनाको सहभागिता रहेको छ ।


समुदाय तथा बिभिन्न कार्यालय, विद्यालयमा मनशिक रुपमा बिचलित भएका ब्यक्ति तथा सेवाग्राही, विद्यार्थीहरुलाई मनोपरामर्श दिन सक्ने हुने कुरालाई मध्यनजर गर्दै आधारभूत मनोसामाजिक परामर्श तालिमको आयोजना गरिएको हो । तालिमको सहजिकरण तथा प्रशिक्षक मनोबिद डा. बिष्णु प्रजापति र मनोसामाजिककर्ता अनत चौधरीले गरिरहनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?