Logo

नगरप्रमुख कबिरले पालिकालाई बुझाए सामान

Rato Pen ५ बैशाख २०७९, सोमबार १५:१४ मा प्रकाशित

बर्दिया, बैशाख ५ गते

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले पालिकाले उपलब्ध गराएको सम्पुर्ण सामान पालिकालाई नै बुझाउनु भएको छ । पाँच बर्षे कार्यकाल सकिनै लाग्दा प्रमुखको हैसियतले प्रयोग गर्दै आएको जिन्सी सामानहरु बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीलाई बुझाउनु भएको हो ।
नगरप्रमुख कबिरले समान हस्तान्तरण गर्दै निर्वाचन आयोगले लगाएको आचारसंहितालाई कार्यन्वयन गर्दै सो समान बुझाउनु भएको छ । हाल नगरप्रमुखको हैसियतले मात्र काम गर्ने बेला सवारीसाधनको प्रयोग गर्ने र पार्टीको काम गर्दा कुनै पनि सरकारी साधन प्रयोग नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
पाँच बर्षको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको बताउदै, आगामी नेतृत्वले पनि आफुले ल्याएको विकासको लहरलाई निरन्तरता दिने बिश्वास ब्यक्त गर्नु भएको छ । आफ्नो नेतृत्वले बनाएको योजना र समबृद्ध बारबर्दिया बनाउने सपनालाई सफल बनाउने ब्यक्तिलाई नै पार्टीले उम्मेद्वार बनाएको भन्दै कबिरले भन्नुभयो, जसरी मलाई र हाम्रो टीमलाई बिश्वास गरि नगरबासीहरुले अमुल्य मत दिनु भयो त्यसरी नै अवका उम्मेद्वारहरुलाई पनि भारी मतले आफ्नो मत जाहेर गर्नुहुनेछ भन्ने बिश्वास रहेको बताउनु भयो ।
बारबर्दिया नगरपालिका नेपालको नमुना बनाउने दिशामा नगरपालिका अघिबढिरहेको भन्दै यसलाई अझ उचाईमा पुर्याउनका लागि आफु जुन स्थानमा रहेपनि बारबर्दियाको पहिलो नगरप्रमुखको नाताले आफुले गर्ने काममा कहिलैपनि कन्जुस्याई नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?