Logo

बारबर्दियामा ब्यक्तिगत घटनादर्ता सप्ताह तिब्र

Rato Pen ५ बैशाख २०७९, सोमबार १९:०५ मा प्रकाशित

बारबर्दिया, बैशाख ५ गते
राष्ट्रिय ब्यक्तिगत घटनादर्ता सप्ताह अभियान अन्र्तरगत बारबर्दिया नगरपालिकाले अभियानलाई तिब्र रुपमा योजनाबद्ध तरिकाबाट संचालन भईरहेको छ । यहि बैशाख १ गते देखि ७ गते सम्म संचालन हुने राष्ट्रिय अभियान अन्र्तगत यो समाचार तयार पार्दासम्म बारबर्दियाका १ सय २० जनाको घटर्नादर्ता गराउनु भएको छ ।
बारबर्दिया नगरपालिकाको ११ वटै वडामा कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्नो पहलमा ब्यक्तिगत घटनादर्ता गराउनु पर्ने योजना रहेको छ । अभियान भरिमा वडा अध्यक्षको पहलमा कम्तिमा १० जनाको र वडा सदस्य तथा वडा सचिवले कम्तिमा ५÷५ जनाको घटनादर्ता अनिर्वाय रुपमा गराउनु पर्ने योजना रहेको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी गराउनु भएको छ । कम्तिमा पनि एक वडाबाट ४० जनाको र पालिका भरि करिब साढे ४ सय भन्दा बढिको ब्यक्तिगत घटनादर्ता गराउने लक्ष्य रहेको जानकारी गराउनु भएको छ ।
घटना दर्ता अभियानलाई सफल पार्नका लागि रेडियो कार्यक्रम, सामाजिक संन्देश, जनप्रतिनिधि, बरघरहरुलाई परिचालन गरिएको छ । बरघर मार्फत चौकीदारहरुलाई गाँउगाँउमा जानकारी गर्न लाईएको छ । यो समाचार तयार पार्दा सम्म वडा १ देखि ११ वडा सम्म क्रमशः २२, २७, ९, १४, १२, ८, ६, ९, ४, ७ र १ रहेको छ । लक्ष्यपुरा गर्नका लागि संख्या कम रहेकोले प्रमुख प्रशासकीय अधिकृत शाहीले वडा सचिवहरुलाई अभियानलाई तिब्र बनाउनलाई निर्देशन गर्नु भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागको नीतिगत निर्णय अनुसार नेपालका सबै स्थानीय तहहरुमा ब्यक्तिगत घटनादर्ता अभियान संचालन गर्ने निर्देशन गरे बमोजिम राष्ट्रिय रुपमा अभियान चलिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?