Logo

अञ्जु दहितको नगर उप–प्रमुखपदबाट राजीनामा

Rato Pen ९ बैशाख २०७९, शुक्रबार ०८:५० मा प्रकाशित

बारबर्दिया, बैशाख ८ गते
बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख अञ्जु दहितले (नगर उप–प्रमुख) पदबाट राजीनामा दिनु भएको छ । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पक्षमा जनमत तयार गर्न प्रचार प्रसार कार्यमा लाग्नु पर्ने भएको भन्दै राजीनामा दिनु भएको हो ।
सार्वजनिक ओहदामा बसेर उक्त काम गर्नु नैतिक रुपले अनुचित र निर्वाचन आचारसंहिताको प्रतिकुल हुने भएकोले यहि बैशाख ८ गते बिहीबार देखि लागू हुने गरि जिम्मेवारी (नगर उप–प्रमुख )पदबाट राजिनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै आफुले पालिकाबाट प्रयोग गर्दै आएको सम्पुर्ण जिन्सी सामानहरु पनि नगरपालिकालाई बुझाएको जानकारी गराउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?