मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |

शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन संचारकर्मीको भुमिका अहम
शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन संचारकर्मीको भुमिका अहम

Rato Pen 285+ समाचार ( )
संचारकर्मीहरुले समन्वय, बिवेकशिलता, सम्बेदनशिलताका साथ सचारमाध्यममा ल्याईदिनका लागि अनुरोध
११ कार्तिक २०८१, आइतबार

बर्दिया, 

संक्रमणकालीन न्याय र महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ । मधुवन नगरपालिका १ पत्थरबोझीमा पत्रकार महासंघ बर्दिया शाखाको समन्वय तथा  द्वन्द्व पीडित समिति बर्दियाको आयोजना  र युरोपियन युनियन द स्टोरी किचेनको आर्थिक सहयोगमा बर्दिया र बाँकेका पत्रकाहरुको क्षमता अभिवृद्धि कार्यशाला संचालन गरिएको हो ।

संचारकर्मीहरुलाई संक्रमणकालीन न्यायलाई सम्बन्धी जानकारी गराई शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सहयोग पुग्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको थियो । संचारकर्मीहरुले समन्वय, बिवेकशिलता, सम्बेदनशिलताका साथ सचारमाध्यममा ल्याईदिनका लागि अनुरोध गरिएको छ । द्वन्द्व पीडितहरु मध्य बालबालिका र महिलाहरुलाई बढि प्रभावपारेको हुनाले उहाँहरुको बिषयलाई विबेकशिलतापुर्वक उठाउनु पर्ने द्वन्द्व पीडित समितिका अध्यक्ष भागीराम चौधरीले बताउनु भएको छ । 

कार्यक्रममा नेपालको शान्ति प्रक्रियाको थालनी, सङक्रमणकालिन न्यायको उदेश्य, जवाफ देहिता, पीडितलाई उपचार गर्ने, संक्रमणकालीन न्यायको चरित्र, न्यायका मापदण्ड तथा उपायहरु लगायतका विभिन्न विषयमा जानकारी गराइएको छ । 

सयुक्त राष्ट्र  संघको प्रस्ताव नम्बर १३२५ र १८२० को राष्ट्रिय  कार्ययोजनाको दोस्रो चरण कार्यान्वायनमा ठाकुरबाबा नगरपालिका उदाहरणीय कार्य गरेको विषयमा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले जानकारी गराउनु भएको छ । उहाँले आफ्नो पालिका हाल सम्म गरीरहेको अभ्यास, गतिविधि र उपलब्धीका विषयमा आफ्नो प्रस्तुती गर्न भएको छ ।  

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को बारेमा द स्टोरी किचनका कार्यक्रम संयोजज मीना बि.क.ले जानकारी गराउनु भएको छ । उहाँले पहिलो चरणमा महिला तथा बालबालिकको आरक्षण र सुरक्षाको कुरालाई उठाएको थियो भने दोस्रो चरणमा यौनजन्य पीडित महिला तथा बालीकाहरुको बिषयलाई समाबेश गरीएको बताउनु भएको छ । साथै महिलाहरुको महिलाहरुको शान्ति सुरक्षाको बिषय जोडिएको बताउनु भएको छ । साथै उहाँले कार्यान्वयनका लागि संरचनागत नीतिको बिषयमा जानकारी गराउनु भएको छ । 

 शसस्त्र द्वन्द्वका कारण विस्थापित भएका, अविभावक विहिन भएका, यौन शोषणमा परेका, यातना वा अपहरणमा परेका र संघिय सरकार वा प्रदेश सरकार वा स्थानीय तहले द्वन्द्व  पीडितको प्रमाण स्वरुप परिचयपत्र उपलब्ध गराएका महिला तथा बालिकाहरु द्वन्द्व  पीडित समुहमा पर्ने गर्दछन । यस्ता पीडितहरुको न्यायका मापदण्ड तथा उपायहरुका विषयमा जानकारी गराइएको छ । 

पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले यस कार्यशालाले संचारकर्म गर्ने संचारकर्मीहरुको कलम तिर्खानमा सहयोग पुगेको बताउनु भएको छ । द्वन्द्व पीडित समितिका कार्यक्रम संयोजक मान बहादुर चौधरीले संचारकर्मीहरुलाई संम्बेदनशिल विषयमा समन्वय र सहकार्यका साथ संचारकर्म गर्न संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ । कार्यक्रमा बर्दिया र बाँकेका संचारकर्मीहरुको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार