मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख
बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख

MGmfJdToYZ 1+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

बारबर्दिया

बारबर्दिया नगरपालिका–७ की किशोरी बिन्दु डंगाल एक घन्टाका लागि बारबर्दिया नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ। किशोरीहरूको नेतृत्व क्षमता विकास तथा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले शिक्षा शाखा प्रमुखको रूपमा उहाँलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।

शिक्षा शाखा प्रमुखको पद सम्हाल्दा आफूलाई शिक्षा क्षेत्रको विकासका लागि सोच्न बाध्य बनाएको किशोरी डंगालले बताउनुभयो। सेवाग्राहीहरूको प्रश्न र जिज्ञासाले आफूलाई जिम्मेवार बनाउनुका साथै सकारात्मक काम गर्न ऊर्जा प्रदान गरेको अनुभव उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईले किशोरीहरूलाई आफ्नो जीवनलाई टेकओभर गर्ने लक्ष्यका साथ अघि बढ्न आग्रह गर्नुभयो। आफैंले रोजेको वा रुचि राखेको पद तथा जिम्मेवारीका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। अहिले नै सही रोल मोडल रोजी आफ्नो लक्ष्य निर्धारण गर्न सके, भविष्यमा सफल हुन सकिने गोसाईले बताउनुभयो। करियर निर्माणका लागि उमेरअनुसार शैक्षिक योग्यता अभिवृद्धि गर्नुपर्ने र यसले भविष्यमा सम्माननीय पद हासिल गर्न मद्दत गर्ने धारणा राख्नुभयो।

वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्र प्रसाद थारुले उच्च पदमा बस्न पाउनु किशोरीहरूका लागि ठूलो अवसर भएको बताउनुभयो। निर्णय गर्ने प्रक्रियामा सहभागी हुँदा निरन्तर अभ्यास र भोगाइले सिकाउने भएकाले यो अवसरलाई उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो। किशोरीहरूले खुलेर आफ्ना जिज्ञासा राख्ने, प्रश्न गर्ने र समाधान खोज्ने अभ्यास गर्नुपर्ने भन्दै उनले यो कार्यक्रम किशोरीहरूका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो।

वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले यस्तो कार्यक्रमले किशोरीहरूलाई उत्साहित पार्नुका साथै निर्णय प्रक्रियामा संलग्न हुन प्रोत्साहित गर्ने बताउनुभयो। किशोरीहरूले खुलेर आफ्ना समस्याबारे कुरा राख्न सके मात्र सेवा प्रदायक निकायले पनि जिम्मेवारीपूर्वक समाधान गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो।

राधाकृष्ण थारु जनसेवा केन्द्रका बालिका सशक्त परियोजनाका परियोजना संयोजक मनोज पौडेलका अनुसार किशोरीहरूलाई निर्णय प्रक्रियामा पुर्याउनका लागि जिम्मेवार पद एक घन्टाका लागि हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरिएको हो। निर्णय प्रक्रियाबारे सिकाइ र अनुभूति गराउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।

कार्यक्रमका क्रममा किशोरी शिक्षा शाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दा सहभागी किशोरीहरूले आफ्ना जिज्ञासा राख्नुका साथै विद्यालयमा भोग्दै आएका समस्याबारे छलफल गरेका थिए। शिक्षा क्षेत्रको सुधारका लागि ज्ञापन पत्र बुझाउँदै विद्यालयको गुणस्तर सुधार गर्न तथा किशोरकिशोरी मैत्री वातावरण बनाउन शिक्षा शाखा तथा पालिका जिम्मेवार हुनुपर्ने माग गरेका थिए। नमुना कार्यक्रम भए पनि ज्ञापन पत्रमा विद्यालय क्षेत्रका वास्तविक समस्याहरूलाई उजागर गरिएको थियो।

किशोरी सशक्तिकरणका लागि प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा बालिका सशक्त परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार