मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

सुन्दरहरैंचास्थित जंगल क्षेत्रमा महिलाको शव फेला

Rato Pen 1+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित जंगल क्षेत्रमा पर्ने बूढी खोला छेउमा एक अपरिचित महिलाको शव फेला परेको छ । सुनसरीको सिमाक्षेत्र नजिकै सुन्दरहरैंचा ५ स्थित चारकोशे झाडीको बयरघारी भन्ने जंगलमा बूढी खोलामा शव भेटिएको वडासदस्य घनश्याम घले गुरुङले जानकारी दिनुभयो ।

केराबारी गाउँपालिकाको समेत सिमाक्षेत्र नजिकै पर्ने सुन्दरहरैंचातर्फको सो जंगल बीचमा खोला भित्र पानीमै शव भेटिएको हो । बाख्रा चराउन गएका स्थानीयवासीले वेवारिसे शव देखेर प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४५ ५० वर्षको जस्तो देखिने मंगोलियन वर्णको अनुहार प्रष्ट चिनिने अवस्थामा शव फेला परेको छ ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले शव पोष्ट मार्टमका लागि वीपी प्रतिष्ठान धरान लगेको वडासदस्य गुरुङले जानकारी दिनुभयो । मृतकको साथमा सामसङ कम्पनीको फोन र केही नगद पनि भेटिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार