मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन
राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन

Rato Pen 354+ समाचार ( )
२३ जेठ २०८३, शनिबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको राजापुर सिँचाइ आयोजनाको पुनस्र्थापना तथा आधुनिकीकरण कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयारीको क्रममा सरोकारवालाबाट राय–सुझाव संकलन गरिएको छ। कार्यालयले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा छुटटाछुटै सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी राय तथा सुझाव लिएको हो । 

वातावरण संरक्षण नियमावली, २०७७ अनुसार आयोजना कार्यान्वयनका क्रममा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावको मूल्याङ्कन गर्न आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कुलापानी समिति, वन उपभोक्ता समूह, सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, सिँचाइ विभाग तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

सहभागीहरूले निर्माण कार्यका क्रममा हाल सञ्चालनमा रहेका नहर तथा कुलोको नियमित सञ्चालनका लागि वैकल्पिक डाइभर्सनको व्यवस्था गर्नुपर्ने, वन्यजन्तु तथा पशुचौपायाबाट बालीमा पुग्न सक्ने क्षति न्यूनीकरणका उपाय अपनाउनुपर्ने तथा वन्यजन्तुको आवतजावतमा असर नपर्ने गरी वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

यस्तै, नहर तथा कुलोमा जम्मा भएका नदीजन्य सामग्री हटाई मुहान सुधार गर्नुपर्ने, सामुदायिक वनसँग समन्वय गरेर काम गर्नुपर्ने, सिँचाइका कारण हुन सक्ने डुबान, कटान र चुहावट रोक्ने व्यवस्था गर्नुपर्ने तथा राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने लगायतका १२ बुँदे सुझाव प्रस्तुत गरिएको छ।

आयोजनाअन्तर्गत बुढी कुलो, टपरा, मनाउ, खैरी–चन्दनपुर तथा कोहली–रतैया नाला गरी पाँचवटा सिँचाइ प्रणालीको पुनस्र्थापना तथा सुधारको काम भइरहेको छ।

राजापुर सिँचाइ आयोजना कार्यालयका प्रमुख प्रदीप बान्तवाका अनुसार सार्वजनिक सुनुवाइका क्रममा प्राप्त सुझावहरू प्रतिवेदनमा समावेश गरिनेछन्। प्रतिवेदन स्वीकृत भएपछि आयोजना त्यसैअनुसार कार्यान्वयन गरिने उहाँले बताउनुभयो।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा फैलिएको यो सिँचाइ प्रणाली कृषकद्वारा व्यवस्थापित महत्वपूर्ण आयोजनामध्ये एक हो। आयोजनाबाट १४ हजार ५ सय १ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् भने कुल १४० दशमलव २६ किलोमिटर नहर सञ्जाल निर्माण तथा स्तरोन्नति गरिने कार्यालयका (सिडिई) बिक्रम राईले जानकारी दिनु भयो । 

उर्वर कृषि क्षेत्रका रूपमा परिचित राजापुर र गेरुवामा सिँचाइ नहर निर्माण तथा आधुनिकीकरणको काम तीव्र गतिमा अघि बढिरहेको छ। सिँचाइ पूर्वाधार विस्तारसँगै कृषि उत्पादन वृद्धि हुने अपेक्षाले स्थानीय किसानमा नयाँ आशा जागेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार