मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित
बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित

Rato Pen 335+ समाचार ( )
२९ भाद्र २०८२, सोमबार

बारबर्दिया,

बारबर्दिया नगरपालिका वडा नं. १ स्थित पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्रलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रूपमा प्रमाणपत्र प्रदान गरिएको छ। कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना अन्तरगत आयोजित स्कोरकार्ड मूल्यांकन कार्यक्रममा सो प्रमाणपत्र प्रदान गरिएको हो।

स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री सेवा प्रवाहका लागि स्वमूल्यांकन फारामका सूचकहरूमा छलफल गरी अंक प्रदान गरिएको थियो। सूचकहरूलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। साथै आगामी स्वमूल्यांकनमा मापदण्ड नपुगे स्कोर घट्न सक्ने भएकाले दिगोपनामा ध्यान दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको छ।

कार्यक्रममा अनुगमन गरेका बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले स्वास्थ्य केन्द्रमा आवश्यक भौतिक संरचना, कर्मचारी, सामग्री र फर्निचर उपलब्ध रहेको बताउनु भयो । उहाँले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य केन्द्र उपयुक्त रहेको उल्लेख गर्दै सेवा ग्राहकलाई सहज र सन्तुष्ट हुने गरी सेवा दिनुपर्नेमा जोड दिनु भयो। साथै वडा कार्यालय, संघसंस्था र पालिकाले हातेमालो गरेर स्वास्थ्य सेवाको दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

वडा नं. १ का वडा अध्यक्ष कैलाशपति थारुले पालिका र संघसंस्थाको सहकार्यकै कारण स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री बन्न सफल भएको बताउनु भयो। राधाकृष्ण थारु जनसेवा केन्द्रको सहयोगमा निर्माण भएको किशोरकिशोरीमैत्री भवनले यसलाई सम्भव बनाएको उल्लेख गर्दै उनले सेवा गुणस्तरीय र दिगो बनाउन निरन्तर प्रयास गरिने बताउनु भयो।

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले धेरै मेहनत र प्रयासपछि स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था बन्न सफल भएको बताउनु भयो ।  उहाँले यस उपलब्धिमा राधाकृष्ण थारु जनसेवा केन्द्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै कामको निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो।

त्यसैगरी परियोजनाकी अनुगमन तथा मूल्यांकन संयोजक सुमित्रा पौडेलले परियोजनाबाट सञ्चालित गतिविधि र उपलब्धिहरूबारे जानकारी दिँदै कार्यक्रम सन् २०२६ डिसेम्बरसम्म निरन्तर रहने बताउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार