मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

सडक दुर्घटना न्यूनीकरणका लागि गगन सिंह कुँवर फाउण्डेशनद्वारा सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण
सडक दुर्घटना न्यूनीकरणका लागि गगन सिंह कुँवर फाउण्डेशनद्वारा सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण

Rato Pen 354+ समाचार ( )
१० श्रावण २०८२, शनिबार

गेरुवा

गगन सिंह कुँवर फाउण्डेशन नेपालले सडक दुर्घटना न्यूनीकरणका लागि सन्देशमूलक होर्डिङ बोर्डहरू इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरेको छ। गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा शनिबार सम्पन्न कार्यक्रममा फाउण्डेशनको सहयोगमा निर्माण गरिएका ७ वटा चेतनामूलक होर्डिङ बोर्ड हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

“बजार क्षेत्रमा गति सिमित गरौँ”, “मादक पदार्थ सेवन गरेर सवारी नचलाऔँ”, “सुरक्षासँग प्रतिस्पर्धा गरौँ”, “सधैं हेल्मेट र सिट बेल्ट बाधौँ” जस्ता सन्देश बोकेका होर्डिङ बोर्डहरू सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने उद्देश्यले तयार पारिएका हुन्।

कार्यक्रममा सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका तथा सडक सुरक्षाको विषयमा जनचेतना फैलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै फाउण्डेशनका संरक्षक एवं प्रमुख सल्लाहकार तर्कबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय पाताभारले सम्मान पत्र प्रदान गरेको छ।

त्यस्तै, फाउण्डेशन स्थापनामा सहयोग पुर्‍याउने र विभिन्न पीडितको समस्यालाई मिडियामार्फत उजागर गरी सहयोग संकलनमा सक्रिय भूमिका खेलेको भन्दै ‘गेरुवा अपडेट’ का सञ्चालक पुष्कर काफ्ले पनि सम्मानित भएका छन्।

कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले फाउण्डेशनले समाजमा उल्लेखनीय र उदाहरणीय कार्य गर्दै आएको बताउँदै भविष्यमा पनि पालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। वडा नं. ३ का अध्यक्ष निर्मल चौधरीले पनि फाउण्डेशनले जनहितका लागि सन्देशमूलक काम गर्दै आएकोमा प्रशंसा गर्नुभयो।

इलाका प्रहरी कार्यालय पाताभारका वरिष्ठ प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहले दुर्घटना हुन सक्ने सम्भावित स्थानमा सचेतनामूलक बोर्ड राखिने जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै फाउण्डेशनका संरक्षक तर्कबहादुर कुँवरले दुर्घटना न्यूनीकरणका लागि सचेतना फैलाउनु अत्यावश्यक भएकाले बजार क्षेत्रमा सन्देशमूलक बोर्ड राखिएको बताउनुभयो। "बोर्डमार्फत् चालकहरूमा गति नियन्त्रण र सुरक्षा चेतना फैलाउने उद्देश्य लिएका छौँ," उहाँले भन्नुभयो।

कार्यक्रमको उद्देश्य र अतिथि स्वागत फाउण्डेशनका अध्यक्ष शेरबहादुर कुँवरले गर्नुभएको थियो।

कार्यक्रममा गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का अध्यक्ष कृष्ण थारु, समाजसेवी प्रेम रावल, यज्ञबहादुर शाही, बमबहादुर रावल, अस्थायी ट्राफिक प्रहरी पोस्ट पाताभारका इञ्चार्ज हर्दिष खत्री, गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर धामी, बजार व्यवस्थापन समितिका अध्यक्ष तुलसी प्रसाद खनाल, उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु, सचिव तपेन्द्र थापा लगायत बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।

गेरुवा–५, सुखाड निवासी शेरबहादुर कुँवर र उहाँका दाजु तर्कबहादुर कुँवरले आफ्ना स्व. बुवाको सम्झनामा गगन सिंह कुँवर फाउण्डेशनको स्थापना गरेका हुन्। फाउण्डेशनले पिछडिएका, सिमान्तकृत, अल्पसंख्यक वर्गका नागरिकहरूलाई सक्षम नागरिक बनाउने लक्ष्यसहित विभिन्न सचेतनामूलक, सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, अक्षयकोष, मुष्ठिदान कोष, असहाय कोष, गुठी कोषमार्फत विविध सामाजिक कार्य गर्दै आएको फाउण्डेशनको उद्देश्य रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार