मोरङ । लेटाङ नगरपालिकाको आयोजनामा दोश्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । असार १३ गतेदेखि २२ गतेसम्म लेटाङ नगरपालिका वडा नम्बर ३ कमलपुरस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरका ९ वटा वडा प्रतिस्पर्धा गर्नेछन् । असार १३ गते हुने उद्घाटन खेलमा वडा नम्बर ६ र ७ बीच प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल असार २२ गते हुनेछ ।
प्रतियोगिताको तयारी स्वरुप ९ वटै वडाबाट खेलाडी छनौट गरि दाबी विरोधको सूचना समेत प्रकाशीत गरि अन्तिम नामावली प्रकाशन गरि सकिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको समेत उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।
यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच तथा प्रतियोगिताको अन्तिममा बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फरवार्ड, हाइस्कोरर र म्यान अफ दी म्याच घोषणा गरि पुरस्कृत गरिने सदस्यसचिव राईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता सञ्चालन गर्नैपर्ने भएकाले निकै आलोचना हुँदाहुँदै पनि मध्य असारमै भएपनि प्रतियोगिता सञ्चालन गर्न लागिएको पनि जानकारी दिनुभयो ।
आजको खेल बिजयता समुहलाइ धन्नेवाद