मुख्य समाचार
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न | बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने | ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित | ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न | बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख | किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण | बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी | मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा | नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने | बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी |

हावाहुरीले रुख ढालेर किच्दा स्कुटरमा सवार एकजनाको मृत्यु

Rato Pen 1+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

सुनसरी । शनिबार विहान आएको हावाहुरीका कारण सुनसरीको बराहक्षेत्रमा १ जनाको ज्यान गएको छ । कान्छीचौक चतरा सडकखण्डको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ मा पर्ने पटनरीको जंगलमा हावाहुरीले रुख ढालेर किच्दा स्कुटरमा सवार १ जनाको ज्यान गएको हो ।

झुम्काबाट चतरातर्फ जाँदै गरेको को २ प ५५०२ नम्बरको स्कुटरको पछाडी सवार रामुधनी ३ बस्ने मनोहरलाल चौधरीको रुखको हाँगाले लागेर ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । 

विहान १० बजेतिर स्कुटरमा जाँदै गर्दा आएको हावाहुरीले रुख ढाल्दा रुखको हाँगाले स्कुटरको पछाडी सवारी चौधरीलाई लागेर ज्यान गएको हो । स्कुटर चालक सूरज चौधरीको अवस्था सामान्य रहेको छ ।

शनिबार विहान कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा हावाहुरीसँगै वर्षा भएको थियो ।  हावाहुरीबाट अन्यत्रबाट भने कुनै क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।

मृतक चौधरी रामधुनी झुम्कामा म्याजिक सिनेमा हल सञ्चालन गर्दै आएका चलचिकर्मी पर्शुराम चौधरीका पीता हुन् ।  झुम्का हुँदै चतरा उदयपुर जाने क्रममा दुर्घटना भएको आफन्तजनले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार