मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

शंकर मावि काष्ठमहलबाट कक्षा १२ को परीक्षा १०२ जना विद्यार्थीहरू सहभागि हुँदै

SizTex 42+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित शंकर माध्यमिक विद्यालय काठमहल रूपनगरका १२ कक्षाका विद्यार्थीहरूलाई बिदाई गरिएको छ ।
यस विद्यालयमा वर्ष २०७८ मा कक्षा ११ मा भर्ना भई २०८१ मा नियमित कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डबाट परीक्षा दिन लागेका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा आयोजित बिदाई कार्यक्रमका शिक्षक ज्याउल हकले विद्यालयमा रहँदा देखाएको अनुशासन र व्यवहारिक क्रियाकलापको प्रशंसा नयाँ भविष्यको बाटो पहिल्याउन प्रगतिको कामना गरे । 
त्यस्तै शिक्षक कमल राईले विद्यालयबाट बिदाई भएर जाने विद्यार्थीहरूलाई शंकर माविका राम्रा पक्षलाई अन्यत्र फैलाउन म अनुरोध गरे । 
यसै गरी विद्यालयका प्रधानाध्यपक गङ्गा प्रसाद साहले विद्यार्थीहरूलाई बिदाइ गर्दै भने बिदाई आकस्मिकता होइन, नियमित प्रक्रिया हो । बिदाई नहुँदो हो त आरम्भ नै हुने थिएन । समयले पल पल व्यक्ति÷घटनाका रूपमा हामीलाई बिदाई गर्छ । समय आफै बिदाईको क्रम हो । पछिल्लो पलले अघिल्लोलाई धकेलेर बिदाई गर्छ । त्यो अघिल्लो अर्को पलमा फेरि पछिल्लो बन्छ र यो क्रम निरन्तर छ । बिदाई बिदाइ नभएर अवसरको रुपमा दिन सक्नु पर्छ । हामीले बुझ्नलाई नाम दिएको हो, जो नियमित यात्रा वा बिदाइका सिलसिला हुन् । त्यसैले बिदाई नियमितता हो, बिदाई नियात्रा हो, बिदाई नियति पनि हो । समय छ त बिदाई छ, समयलाई कसले समाउन÷छेक्न सकेको छ र बिदाई हुन । यो यात्राको भनौँ वा बिदाईको विशिष्ट प्रवृत्ति हो । मैले लिएका दर्जनौँ औपचारिक बिदाईको निचोड हो । 
प्रधानाध्यपक साहले भने बरु बिदाईको क्षेत्र र प्रभाव चाहिँ सानो वा ठुलो होला । अर्थ र अनुभूतिका आयतनहरू लामा वा छोटा होलान् । लामो नियात्राका धेरै अनुभूति, त्यसका आवेग र सांवेगिक सम्बन्धका कारण बिदाईले व्यक्तिलाई भावावेगमा पु¥याउने गर्दछ भन्दै प्रधानाध्यपक साहले उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे । 
शंकर माविबाट २०८१ मा नियमित कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा  व्यवस्थापन तथा शिक्षा संकायबाट १०२ जना विद्यार्थीहरू सहभागि हुँदैछन् । विद्यालयको तर्फबाट मायाको चिनो हस्तान्तरण भएको थियो भने विद्यार्थीहरूले समेत विद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार