मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

बेपत्ता योद्धा हुकुमदास थारुको २३औं स्मृति दिवसमा योगदानको सम्झना
बेपत्ता योद्धा हुकुमदास थारुको २३औं स्मृति दिवसमा योगदानको सम्झना

Rato Pen 355+ समाचार ( )
१९ जेठ २०८२, सोमबार

बर्दिया, जेठ १९ – बेपत्ता योद्धा हुकुमदास थारु ‘उदय’को २३औं स्मृति दिवसको अवसरमा बारबर्दियामा आयोजित एक विशेष स्मृति सभामार्फत उहाँको योगदान र बलिदानको सम्झना गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बारबर्दिया नगर समितिको आयोजनामा स्मृति सभा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्ने विभिन्न नेताहरुले हुकुमदास थारुलाई किसान नेता, कुशल संगठक र सिद्धान्तप्रति दृढ भूमिगत योद्धाको रूपमा स्मरण गर्नु भएकाे छ। उहाँहरूले भन्नु भयाे, “उहाँजस्ता बेपत्ता तथा सहिदहरूले देखाएको बाटोले अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो।” साथै वक्ताहरूले हुकुमदास थारुको पारिवारिक पीडा र त्यागलाई उच्च सम्मान प्रकट गर्दै पीडित परिवारप्रति न्याय सुनिश्चित गर्न सरकारलाई आग्रहसमेत गर्नु भएकाे छ । 

हुकुमदास थारुको जन्म २०१९ सालमा दाङ जिल्लाको उत्तरअम्राई गाउँमा भएको थियो। पछि बर्दिया बसाइँ सरेपछि उहाँले कक्षा १० सम्मको पढाइ युवक माध्यमिक विद्यालय जोगीगाउँबाट गर्नुभयो। उहाँ २०५५ सालदेखि भूमिगत जीवन बिताउँदै माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता बन्नुभएको थियो।

उहाँ बाँके जिल्लाको बागेश्वरी गा.वि.स. भण्डारी टोलबाट २०५९ साल जेठ १९ गते राति सेनाको कब्जामा परेपछि वेपत्ता हुनुभएको हो। परिवारले इन्सेक, आइसीआरसी, एड्भोकेसी फोरम जस्ता संस्थामा उजुरी दिए तापनि हालसम्म पनि उहाँको अवस्थाबारे ठोस जानकारी पाइएको छैन।

उहाँको नाममा बारबर्दियामा प्रतीक्षालय, शालिक तथा सडक नामाकरण गरिएको छ भने नेपाल सरकारबाट १० लाख रुपैयाँ राहतसमेत प्राप्त गरिएको छ। उहाँका जेठो छोराले स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारी सम्हाले पनि उहाँको निधनपछि परिवार पुनः असहज अवस्थामा पुगेको छ।

स्थानीय नेताहरूका अनुसार हुकुमदास थारु बर्दियाको थारु समुदायमाझ लोकप्रिय, निडर र न्यायप्रेमी व्यक्तित्व हुनुहुन्थ्यो, जसले गाउँ समाजमा सधैं मेलमिलापको बाटो अपनाउनु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार