बारबर्दिया
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजनाद्धारा बारबर्दियामा गरिएको कार्यक्रमको बुधबार नगरस्तरीय बार्षिक समिक्षा बैठक गरिएको छ । परियोजनाद्धारा समुदाय, विद्यालय र स्वास्थ्य संस्थामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बिषयमा गरिएको क्रियाकलापको बारेमा जानकारी गराई उक्त बिषयमा समिक्षा गरिएको हो ।
किशोरकिशोरीहरुले स्वास्थ्य जिवनशैली अपनाउने वानीको विकास गराउनका लागि संचालन गरिएको परियोजनाद्धारा बर्दियाको ५ वटा पालिकामध्य बारबर्दियाको जनशक्ति आधारभूत विद्यालय बनघुस्री र आधारभूत स्वास्थ्य केन्द्र बारबार्दिया १ मा पनि कार्यक्रम संचालनमा रहेको छ । उक्त विद्यालय तथा स्वास्थ्य केन्द्रका कार्यक्षेत्रका किशोरकिशोरी, अभिभावक, महिला स्वास्थ्य स्वयमसेविका, बुवा समुह, धार्मिक अगुवा, बरघर लगाएतहरुसंग यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बिषयमा जानकारी, छलफल, अभिमूखिकरण, बालबालिकाहरुलाई दौतरी शिक्षा दिने, अन्तरपुस्ता संवादहरु संचालन गरिदै आईएको छ । विद्यालयमा किशोरकिशोरी मैत्री कक्ष निर्माण, लैगिंक तथा अपांगता मैत्री, भौतिक संरचना तथा शौचालयको निर्माण, विद्यालय र स्वास्थ्य संस्था र समुदाय यौन तथा प्रजननको बिषयमा खुलेर कुरा गर्न सक्ने र सेवा प्रदायक निकाय किशोरकिशोरी मैत्री बाउनलाई काम गरिरहेको छ । पलिकाको आवश्यकतामा आधारित समुदायमा स्थानीय सरकारको अगुवाईमा कार्यक्रम संचालन हँुदा अवनत्व र जवाफदेहिता बढदै गएको उक्त परियोजनाका कार्यक्रम संयोजक सुरज अर्यालले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा बारबर्दियाका नगरप्रमुख छबिलाल थारुले दिगोविकास लक्ष्य प्राप्तिका लागि समुदाय स्तरमा साझेदार संघसंस्थाहरुले कार्यक्रमहरु संचालन गरीरहेको बताउनु भएको छ । दिगोविकास लक्ष्य पुरा गर्नका लागि कार्यक्रमहरु राज्यले गर्न नसकिरहेको अवस्थामा संघसंस्थाहरुले यसमा महत्वपुर्ण काम गरिरहेको बताउनु भएको छ । अहिले मानिसमा नैतिक र सामाजिक जिम्मेवारी भन्दा अधिकार मुखि भईरहेकोले समुदाय स्तरमा सकारात्मक सोच र कर्तब्य मुखि समाज निर्माणका लागि संघसंस्था तथा स्थानीय सरकार पनि काम गर्न आवश्यक रहेको बताउनु भएको छ । जुन क्रियाकलाप संघसंस्था तथा यस परियोजनाले कार्यक्रम समुदाय स्तरमा गरीरहेकोले प्रभाव एकदमै सकारात्मक रहेको बताउनु भएको छ । साथै कार्यक्रम समुदायमा सचेतना बढाउनका लागि काम गरिरहेको संस्थालाई धन्यबाद समेत दिनु भएको छ ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले समुदाय तथा विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमको आवश्यक रहेको बताउनु भएको छ । किशोरकिशोरीहरुसंगै आमा समुह, बुवा समुहलाई पनि सचेत र स्वास्थ्य जिवनशैलीको ब्यबहार अपनाउने शिप र क्षमताको पनि आश्यकता रहेको रहेको बताउनु बनाउनु भएको छ । सोही अनुसारको कार्यक्रमको निरन्तताको लागि सुझाव पनि दिनु भएको छ ।
कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रकी संचालक समिति सदस्य संगिता थापाले परियोजनाको लक्ष्य र उदेश्य अनुसार कार्यक्रमहरु समुदाय तथा सेवा प्रदायक निकायमा काम गरिहेको बताउनु भएको छ । काम गर्दै जाने क्रममा धेरै प्राथमिकताका कामहरु देखिनु स्वाभाविक भएको बताउनु भएको छ । निश्चत उदेश्य प्राप्तिका लागि काम गरिरहेकोले कुनै महत्वपुर्ण क्रियाकलाप छुटेको जस्तो देखिन सक्छ यस्ता क्षेत्रमा अन्य साझेदारसंस्थाहरुले काम गर्ने बताउनु छ । साथै सहभागीहरुबाट आएको सुझाब र सल्लाहलाई आत्मसाथ गर्दै कार्यक्रमहरु संचालन गर्देै जाने बताउनु भएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र कोईकाको आर्थिक तथा प्राविधिक सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्धारा संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजनाद्धारा बर्दियाको बारबर्दिया, ठाकुरबाबा, मधुवन र गुलरिया नगरपालिका तथा गेरुवा गाँउपालिकामा कार्यक्रमहरु संचालन गर्दै आएको छ । उक्त परियोजनाको बार्षिक समिक्षा बैठक बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा बसेको बैठकमा, नगरउपप्रमुख, बिषयगत शाखाका शाखा प्रमुखहरु, कार्यक्रमसंचाल भएको वडाका वडा अध्यक्ष तथा विद्यालय तथा स्वास्थ्य केन्द्रका प्रअ तथा प्रमुखलगाएतको सहभागितामा बैठक भएको उक्त परियोजनाकी सुपरभाईजर लक्ष्मी भुर्तेलले जानकारी गराउनु भएको छ ।