मुख्य समाचार
गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न | बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण |

बारबर्दिया नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, २०८२/०८३ को ९६ करोडको बजेट सार्वजनिक
बारबर्दिया नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, २०८२/०८३ को ९६ करोडको बजेट सार्वजनिक

Rato Pen 298+ समाचार ( )
९ असार २०८२, मङ्गलबार

बर्दियाको बारबर्दिया नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ९६ करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर उपप्रमुख एवं नगरसभा उपाध्यक्ष रत्न कुमारी पाण्डेले १७ औं नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गर्दै समृद्ध, आत्मनिर्भर र न्याययुक्त समाज निर्माण गर्ने लक्ष्यसहितको नीति, योजना र कार्यदिशा स्पष्ट गर्नुभएको हो।

उपप्रमुख पाण्डेले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च तर्फ ६६ करोड १९ खाल ६ हजार रुपैयाँ, पुँजीगत खर्च तर्फ ३३ करोड ५८ लाख २ हजार रूपैयाँ रहेको छ । साथै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास, न्याय, सूचना प्रविधि, पशुपालन, महिला तथा बालबालिका लगायतका क्षेत्रमा सन्तुलित र समावेशी विनियोजन गरेको छ। उहाँले समृद्ध बारबर्दिया निर्माणका लागि "कृषि, उद्योग र पर्यटनमा वृद्धिः बारबर्दिया नगरपालिकाको समृद्धि" भन्ने मूल नारालाई आत्मसात गर्दै बजेटको संरचना तय गरिएको जानकारी दिनुभयो।

गत आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ९९ करोड ५२ लाख रुपैयाँ बराबरको संशोधित बजेटमध्ये जेष्ठ मसान्तसम्म ४६ करोड ६० लाख रुपैयाँ चालु खर्च र १८ करोड ८८ लाख रुपैयाँ विकास खर्च गरी सन्तोषजनक वित्तीय प्रगति गरेको जनाएको छ। यस अवधिमा नगरभित्र कभर्ड हल निर्माण, सडक कालोपत्रे, नाली निर्माण, वडा कार्यालय भवन निर्माण, प्रशासकीय भवन सुधार, सेनिटरी प्याड वितरण लगायतका थुप्रै पूर्वाधार तथा सेवामुखी योजनाहरू सम्पन्न भएका छन्।

नयाँ बजेटमा शिक्षा क्षेत्रमा रु. ७ करोड ६५ लाख ९२ हजार विनियोजन गरिएको छ। शैक्षिक गुणस्तर सुधार, सार्वजनिक शिक्षाको रूपान्तरण र विद्यालय सुशासनलाई जोड दिइएको छ। महिलाको सशक्तीकरण, बालबालिका तथा दलित समुदायको सामाजिक सुरक्षा सुनिश्चित गर्न २३ लाख ५० हजार विनियोजन गरिएको छ भने कृषिमा यान्त्रिकीकरण र प्रविधि विस्तारका लागि करिब ५० लाख विनियोजन गरिएको छ। पशुपालनमा नस्ल सुधार, रोकथाम तथा अहार व्यवस्थापनका लागि ४१ लाख २५ हजार छुट्याइएको छ।

नगरवासीको समग्र स्वास्थ्य सुधार गर्न आयुर्वेद, योग तथा अध्यात्मका कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार १२ लाख बजेट छुट्याइएको छ। यसैगरी युवा तथा खेलकुदमा संलग्नता बढाउने उद्देश्यले ११ लाख ४७ हजार ५ सय र सूचना प्रविधिमा नागरिक सेवालाई आधुनिक र प्रभावकारी बनाउन ४ लाख २५ हजार विनियोजन गरिएको छ। न्यायिक समिति सशक्तिकरण र हिंसा न्यूनीकरणका लागि उपमेयर कार्यक्रम समेत समेटिएको छ, जसका लागि २२ लाख ९५ हजार विनियोजन गरिएको छ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक अनुदानहरू तोकिएको मापदण्ड अनुसार खर्च गरिने जनाइएको छ। साथै जेष्ठ नागरिक, अपाङ्ग, दलित, लोपोन्मुख र सीमान्तकृत वर्गका लागि संघीय सरकारले तोकेको दर अनुसार सामाजिक सुरक्षाका कार्यक्रम निरन्तरता दिइनेछ।

नगर उपप्रमुख पाण्डेले सम्बोधनको क्रममा संविधान, लोकतन्त्र र सामाजिक रूपान्तरणका लागि बलिदान गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले नगरको विकास र समृद्धिका लागि सबै राजनीतिक दल, संघ-प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण नगरवासीको सहकार्य र सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

नगरको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र प्राविधिक बनाउन डिजिटल नागरिक बडापत्रको अवधारणालाई कार्यान्वयन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। राजश्व दायरा विस्तार, कर शिक्षामा जनचेतना र घर नम्बरिङ्ग प्रणालीमार्फत कर प्रणालीलाई व्यवस्थित गर्न पहल थालिएको उल्लेख गरिएको छ।

उपप्रमुख पाण्डेले बजेट प्रस्तुत गर्दै भन्नुभयो, “यी कार्यक्रमहरूको सफल कार्यान्वयन नगरपालिकाको मात्र प्रयासबाट सम्भव छैन, सबै क्षेत्रको रचनात्मक र सक्रिय सहयोग आवश्यक छ। उहाँले नगरवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, राजनीतिक दल, सरकारी निकाय, कर्मचारी, सञ्चारकर्मी तथा विकास साझेदारहरूप्रति आभार व्यक्त गर्दै समृद्ध बारबर्दिया निर्माणमा एकजुट भएर अघि बढ्न अपिल गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार