मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान
ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान

SizTex 42+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

होमेन्द्र थापा, बर्दिया

कुनै समय गाउँ–गाउँ डुलेर सारङ्गीको मिठो धुनसँगै जनजीवनका कथा, देश–समाजका समाचार र मनोरञ्जन बाँड्ने गन्धर्व समुदायको परम्परागत पेसा अहिले अस्तित्व जोगाउने संघर्षमा छ। समयको परिवर्तनसँगै नयाँ पुस्ताले सारङ्गीबाट भविष्य नदेखेपछि पुस्तौंदेखि चल्दै आएको यो मौलिक सांस्कृतिक परम्परा लोप हुने अवस्थामा पुगेको छ।

बर्दियाको बढैयाताल गाउँपालिका–४ स्थित गन्धर्व बस्तिमा १ सय ५ घरधुरीमध्ये ६५ घरधुरी गन्धर्व समुदायका छन्। यहाँ २०५० सालदेखी दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, रुकुम र दाङ्गका गरी ६ जिल्लाका गन्धर्वहरुको बसोबास रहेको छ । केही दशकअघि यहाँका अधिकांश परिवार सारङ्गी बजाउँदै गीत गाएर जीविकोपार्जन गर्थे। अहिले भने बस्तीमा पाँच–छ जनाले मात्रै कहिलेकाहीँ सारङ्गी बजाउने गरेका स्थानीय राम बहादुर गन्धर्वले बताउनु भयो ।

६५ बर्षिय बिरजित गन्धर्वले २०५१ सालदेखी सुकुम्बासी भएर बसोबास गरेको, २४ बर्ष सम्म पनि जग्गाको लालपूर्जा प्राप्त गर्न नसकेको र जिविकाको लागि सारङ्गी पेसा आफुले छोडन नसकेको बताउनु भयो । वहाँले सारङ्गी पेसा पहिला पहिला जस्तो आजभोली नरहेको बताउनु भयो । पहिला सारङ्गी बजाउदा वरीपरी गाउँघरका मानिसहरु भेला हुने सुन्ने, दक्षिणा दिने, सम्मान गर्ने, खानपान समेत गराउने गर्थे । भने आजभोली गाउँघरमा गएर सारङ्गी बजाउदा झन्झट मान्ने, मोबाईल वा टिभी हेर्ने सारङ्गी बजाउदा नबजाउनु भन्ने समेत गर्न थालेको बताउनु भयो ।

बिरजित गन्धर्वका अनुसार पहिले सारङ्गीको धुन सुन्न गाउँभरका मानिस भेला हुन्थे। गीतमार्फत उनीहरूले मनोरञ्जन मात्र होइन, देश–समाजका गतिविधिबारे पनि जानकारी पाउँथे। तर अहिले सारङ्गी सुन्ने संस्कार घट्दै गएको छ। यही पेसाबाट परिवारको जीविकोपार्जन गर्न कठिन भएपछि यसको निरन्तरता संकटमा परेको उहाँ बताउनुहुन्छ।

खेतीयोग्य जमिनको अभाव, औपचारिक शिक्षामा सीमित पहुँच, वैकल्पिक रोजगारीको कमी र सारङ्गी पेसाबाट सम्मान तथा आम्दानी दुवै नपाइने अवस्थाले गन्धर्व समुदायका युवा वैदेशिक रोजगारी तथा अन्य पेसातर्फ आकर्षित भइरहेका छन्। फलस्वरूप पुस्तान्तरण हुनुपर्ने कला र सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको नेपाल गन्धर्व समाज, बर्दियाका अध्यक्ष दिलिप गन्धर्वले बताउनु भयो ।

नेपाल गन्धर्व समाज बर्दियाका अध्यक्ष दिलिप गन्धर्वका अनुसार जिल्लामा करिब १ सय ५० घरधुरी गन्धर्व समुदायको बसोबास छ। उहाँका अनुसार एक समय सूचना प्रवाह र लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको गन्धर्व समुदाय आज राज्यको प्राथमिकताबाट टाढा परेको छ। सारङ्गी नेपालको राष्ट्रिय बाजा भए पनि यसको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि प्रभावकारी कार्यक्रम नहुँदा परम्परागत पेसा क्रमशः हराउँदै गएको उहाँको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार