मुख्य समाचार
बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित | अपाङ्गता समावेशीकरणबारे मधुवनमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न | थारु संस्कृति संरक्षण प्रतियोगिता | बर्दियामा डल्फिन संरक्षण तालिम | द्धन्द्धपीडितले न्यायमा ढिलाइप्रति चिन्ता व्यक्त | न्यायका लागि द्वन्द्वपीडित परिवारको दबाब बढाउने तयारी |
मुख्य समाचार
बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित | अपाङ्गता समावेशीकरणबारे मधुवनमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न | थारु संस्कृति संरक्षण प्रतियोगिता | बर्दियामा डल्फिन संरक्षण तालिम | द्धन्द्धपीडितले न्यायमा ढिलाइप्रति चिन्ता व्यक्त | न्यायका लागि द्वन्द्वपीडित परिवारको दबाब बढाउने तयारी |

बारबर्दियामा सामाजिक परिक्षण
बारबर्दियामा सामाजिक परिक्षण

Rato Pen 281+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

बारबर्दिया

बारबर्दियामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजनाद्धारा संचालन गरिएको कार्यक्रम तथा गतिविधिको सामाजिक परिक्षण गरिएको छ । बारबर्दियामा उक्त परियोजनाद्धारा मार्च २०२४ देखि डिसेम्बर संम्ममा गरेको कार्यक्रमको सामाजिक परिक्षण गरेको रिपोट सहजकर्ता तथा सामाजिक परिक्षक कृष्ण प्रसाद पाण्डेले प्रस्तुत गर्नु भएको हो । 

उहाँले कार्यक्रम संचालन भएको स्थलगत अवलोकन, छलफल, अन्तरक्रिया गरेर प्राप्त गरेको बिषयस्तुलाई प्रस्तुत गर्नु भएको छ । जसमा परियोजनाले समाजमा पारेको प्रभावले विद्यार्थीहरुमा चेतनासगै हौसल्ला बढेको, माहिनावारीकै कारणले हुने कक्षा छोड्नेको संख्या घटेको, सुचनाबाट शिक्षण सिकाईमा प्रभाबकारी भएको जानकारी गराउनु भएको छ । साथै छलफलमा दाता निकाय, पालिका, विद्यालय, स्वास्थ्य संस्थालाई पनि सुझाब पनि प्राप्त भएको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले संघसस्थाहरुले सामाजिक विकासको राम्रो काम गरिरहेको बताउनु भएको छ । शिक्षा स्वास्थ्य तथा सरसफाईमा काम गर्ने संघसंस्थाहरुले एकबद्ध भएर पालिकाको समन्वयमा काम गर्ने हो भने धेरै कामहरु सहजतापुर्वक गर्न सक्ने बताउनु भएको छ । संस्थाले निश्चित उदेश्य प्राप्तीका लागि काम गर्ने क्रममा सहायक क्रियकलापहरु पनि गरिदिने हो भने धेरै काम गर्न सक्ने बताउनु भएको छ । 

कार्यक्रममा सहभागीहरुले पनि सल्लाह सुझाब तथा प्रतिक्रियाहरु दिनु भएको छ । अंशुवर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक पोमराज शर्माले विद्यालयका गरेको कार्यक्रमसंगै अभिभावक शिक्षाको पनि अति आवश्यक रहेको बताउनु भएको छ । समुदायमा र परिवारमा पनि आफ्नो बालबालिकाहरुलाई सकारात्मक बानी ब्यबहार परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको छ । जनशक्ति आधारभूत विद्यालय बनघुुस्रीका प्रधानाध्यापक जीवन अर्यालले परियोजनाद्धारा गरिएको कार्यक्रम उत्कृष्ट र प्रभाबकारी रहेको बताउदै, यसको दिगोपना र प्रभाबकारितामा ध्यान दिनु पर्ने बताउनु भएको छ । जसका लागि निरन्तर, अनुगमन, निरिक्षण संगै सेवाका निरन्तरताको आवश्यकता रहेको बताउनु भएको छ । अझैपनि सिकाईलाई पुर्णताजगी, भौतिक रचनाको आवश्यकता रहेको बताउनु भएको छ । 

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टीकाराम वलीले बारबर्दिया स्वास्थ्य संस्थालाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका लागि किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाहरु रहेको र बाँकी केही वडालाई पनि बनाउने तयारीमा रहेको बताउनु भएको छ । यस कार्यक्रमले पनि सहयोग पुर्याएको बताउनु भएको छ । अहिले पनि किशोरकिशोरीमैत्री सेवाका लागि आवश्यक संरचनाहरु तयार भएपनि आवश्श्यकता अनुसार सेवाग्राही कम रहेको र यो कमहुनुको कारण प्रचारप्रसार तथा स्वास्थ्य संस्था संचालन हुने समय र विद्यालय संचालन हुने समय एउटै भएकोले पनि हुनसक्ने बताउनु भएको छ । यसमा थप सेवा थपेर फरक पनि गराउनु सके राम्रो हुने बताउनु भएको छ । 

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना मार्च २०२४ देखि डिसेम्बर २०२६ सम्म रहेको छ । कोईकाको आर्थिक सहयोगमा प्लानईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालन रहेको परियोजना बर्दियाको बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकामा संचालनका रहेको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर १ को आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर ५ मा रहेको जनशक्ति आ.विमा किन्द्रत रहेर समुदाय स्तरमा पनि बिभिन्न किसिमका छलफल, अन्तरक्रिया, अन्तरसम्बादका कार्यक्रमहरु गरेको छ । 

कार्यक्रममा परियोजना केन्द्रित रहेको जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, महिला सवस्थ्य स्वयमसेविका, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, नगरप्रमुख नगरउपप्रमुख लगाएतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार