मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

हरित विद्यालय निर्देशिकाको कार्यान्वयनबारे लुम्बिनी प्रदेशमा अन्तरक्रिया
हरित विद्यालय निर्देशिकाको कार्यान्वयनबारे लुम्बिनी प्रदेशमा अन्तरक्रिया

Rato Pen 327+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

होमेन्द्र थापा, बर्दिया

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हरियाली भूगोल, मानव जीवन, र समाज रूपान्तरणका लागि अपरिहार्य रहेको बताउनुभएको छ। शुक्रबार बर्दियाको मधुवनमा आयोजित ‘हरित विद्यालय निर्देशिका कार्यान्वयन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो।

विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मन्त्री तिमिल्सिनाले समाजमा हरियाली आवश्यक मात्र नभई जीविकोपार्जन, जीवनयापन, र अस्तित्वका लागि पनि अनिवार्य रहेको उल्लेख गर्नुभयो। साथै, “हामीले हस्तान्तरण ग-यौं, अब जिम्मेवारी हट्यो“ भन्ने मानसिकता हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले हरियालीसँगै रोजगारी र सीपमूलक तालिमलाई जोड्नुपर्ने बताउनुभयो। लुम्बिनी प्रदेश सरकार शिक्षाको नीतिगत व्यवस्था लागू गर्न तत्पर रहेको उल्लेख गर्दै उहाँले आगामी वर्ष प्रदेशका हरेक विद्यालयका बालबालिकाले हरित विद्यालय निर्देशिकाबाट लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ सालमा हरित विद्यालय निर्देशिका जारी गरेको छ। यसमा हरेक विद्यालयमा ईको क्लब गठन गर्ने, विद्यालय परिसर हरियाली बनाउने, वन तथा वातावरण संरक्षणको पहल गर्ने लगायतका प्रावधान समावेश गरिएको छ।

सेन्स नेपालका अध्यक्ष दिनेश चन्द्र गौतमले २०५० सालमै विद्यालय वातावरण संरक्षणसम्बन्धी निर्देशिका जारी भए पनि यसको कार्यान्वयन फितलो रहेको बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख अशोक कुमार रामले वन्यजन्तु द्वन्द्व व्यवस्थापन, वन्यजन्तुको चाल–चलन बुझ्ने, र सम्भावित दुर्घटनाहरू न्यूनीकरण गर्न संरक्षण शिक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

हरित विद्यालय अभियानको प्रभावकारिताबारे चर्चा गर्दै सेन्स नेपालका कार्यक्रम संयोजक प्रदीप रिजालले नेपालभर २३ जिल्लामा संस्था विस्तार भइसकेको र बर्दियामा १०७ वटा विद्यालयमा ईको क्लब स्थापना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, एनटीएनसी, विभिन्न पालिकाका नगर प्रमुखहरू, उप–प्रमुख लगायत पश्चिम डडेलधुरा देखि पूर्व पर्सासम्मका १४ जिल्लाका संरक्षण अभियन्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार