मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा
मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा

Rato Pen 354+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

अञ्जना चाैधरी 

बर्दिया — मधुवन नगरपालिका–४ लाई शनिबार बालविवाहमुक्त वडा घोषणा गरिएको छ। यो घोषणा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक विशेष समारोहका बीच गरेका हुन्। यससँगै वडा नम्बर ४ मधुवन नगरपालिकाको पहिलो बालविवाहमुक्त वडा बनेको छ।

घोषणा कार्यक्रममा मन्त्री तिमिल्सेनाले प्रदेश सरकारले बालविवाहलाई सामाजिक समस्या मान्दै यसको अन्त्यका लागि समुदायसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। साथै, सरकारले राजनीतिक दल, संघसंस्था तथा समुदायका विभिन्न संयन्त्रहरूलाई एकजुट गराएर बालविवाह रोक्न सकिने विश्वास व्यक्त गर्नु भयाे । 

बालविवाह न्यूनीकरणका लागि प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप), बाँकेले विगत तीन वर्षदेखि मधुवन नगरपालिकामा विशेष परियोजना सञ्चालन गर्दै आएको छ। यस क्रममा नगरपालिकाको समन्वयमा विभिन्न सामाजिक अगुवाहरूको पहलमा घरदैलो सर्वेक्षण गरी प्राप्त तथ्यांकका आधारमा वडा नम्बर ४ लाई बालविवाहमुक्त घोषणा गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीले बालविवाहसम्बन्धी निर्देशिकाअनुसार वडालाई बालविवाहमुक्त घोषणा गरिएको जानकारी गराए। राष्ट्रिय रणनीतिअनुसार सन् २०३० भित्र नेपाललाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित मधुवन नगरपालिकाले २०८३ सालसम्म पालिकालाई पूर्ण रूपमा बालविवाहमुक्त क्षेत्र बनाउने कार्ययोजना अघि सारेको भेरी वातावरणीय विशिष्टता समूहका कार्यक्रम प्रबन्धक भानु लिम्बूले बताउनु भयाे ।

नगरपालिका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न समूह तथा सञ्जालहरूको सहभागितामा सचेतनामूलक सांस्कृतिक झाँकी, कलाकारहरूको प्रस्तुति तथा बालविवाह न्यूनिकरण अभियानको समर्थनमा ब्यानर प्रदर्शनी गरिएको थियो। साथै, सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप), बाँकेलाई सम्मान गरिएको थियो।

यस अभियानलाई सफल बनाउन नगरपालिकाको समन्वयमा समुदाय स्तरमा विविध सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार