मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

टोपबहादुर रायमाझी पक्राउ

Rato Pen 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।

आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

रायमाझीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

अहिले उनलाई काठमाडौं प्रहरी परिसर ल्याइँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

रायमाझी अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भइरहेको समयमा पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएको थियो । त्यसपछि रायमाझीले अनुसन्धानमा सघाउने बताएका थिए ।

तर, त्यसपछि भने उनी फरार भएका थिए । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव, रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परिसकेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै मोटो रकम असुलेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा उच्च पदस्थहरूनै अनुसन्धानको निशानामा परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार