मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

Rato Pen 366+ समाचार ( )
२४ अशोज २०८३, शनिबार

होमेन्द्र थापा, बर्दिया  

चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको सहज र सुरक्षित यात्राका लागि बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्ने, यातायात सेवालाई व्यवस्थित बनाउने र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।

गुलरिया बसपार्कमा यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले यात्रुहरूको सहज यात्राका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार चाडपर्वका समयमा यात्रुहरूले कुनै पनि किसिमको असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले सार्वजनिक सवारीसाधनको अनुगमन गरी आवश्यक सुविधा उपलब्ध गराइनेछ ।

बर्दियाको गुलरिया बसपार्क, सानोश्री बसपार्क, राजापुर बसपार्क, भुरीगाउँ बजार चोक र बाँसगढीको किसान चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेलबासेले चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै यातायात सञ्चालनलाई सहज र व्यवस्थित बनाउन सहायता कक्ष सञ्चालन गरिएको बताउनुभयो । उहाँले बर्दियाबाट अन्य जिल्ला जाने तथा जिल्लामा आउने यात्रुहरूलाई यात्राका क्रममा कुनै समस्या वा असहजता भएमा समयमै सहायता कक्षमा जानकारी गराउन आग्रह गर्नुभयो ।

यात्रु सहायता कक्षको सञ्चालनसँगै चाडपर्वका समयमा यात्रुहरूले भोग्नुपर्ने समस्या समाधान हुनुका साथै सुरक्षित र सहज यात्रामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार