मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

बारबर्दियामा दुई परियोजनाको समिक्षा र कार्यक्रम बारे जानकारी
बारबर्दियामा दुई परियोजनाको समिक्षा र कार्यक्रम बारे जानकारी

Rato Pen 299+ समाचार ( )
९ श्रावण २०८२, शुक्रबार

बर्दिया 

बर्दियाको बारबर्दिया नगरपालिका सभा हलमा किशोरकिशोरी लक्षित दुई फरक परियोजनाको समिक्षा तथा कृयाकलाप बारे जनकारी कार्यक्रम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको सहकार्य तथा कोरियन सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ‘किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना (ASRHR Phase II)’ र शसक्त बालिका परियाेजनाकाे समिक्षा गरिएको हो।

परियोजना बर्दियाको गेरुवा गाउँपालिका, गुलरिया, मधुवन, ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा लागू गरिएको छ। विद्यालय तहमा २१ वटा आधारभूत विद्यालय र स्वास्थ्य तहमा १९ वटा स्वास्थ्य संस्था मार्फत कार्यक्रम सञ्चालन भइरहेको परियोजना संयोजक सुरज अर्यालले जानकारी दिनु भयाे । उहाँका अनुसार परियोजनाले किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारप्रति चेतना अभिवृद्धि, सकारात्मक व्यवहार परिवर्तन, सेवामा पहुँच र समावेशीतालाई बढावा दिएको छ।

यसैगरी शसक्त्त बालिका परियाेजनाका कार्यक्रम स‌‌याेजक मनाेज पाैडेलकाे अनुसार परियोजना अन्तर्गत वडा स्तरमा युवा क्लब गठन तथा परिचालन, किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम, विज्ञान प्रयोगशाला तथा मेकरस्पेस स्थापनामा सहयोग, प्रारम्भिक कक्षाका लागि शैक्षिक सामग्री वितरण, पोषण पार्श्वचित्र निर्माण, शिक्षक तालिम र सिकाइ सशक्तीकरण कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। त्यस्तै, पालिका र वडास्तरको समन्वयमा चार वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ। 

समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख छबिलाल थारुले कार्यक्रममा सामाजिक संस्था र साझेदारहरूको भूमिकाको प्रशंसा गर्दै थप समन्वय आवश्यक रहेको बताउनु भयाे । उहाँले भन्नु भयाे, "पालिका स्तरमा विभिन्न साझेदार संस्थाहरूको सहयोग अत्यन्त सराहनीय छ। कामहरू साना देखिए पनि त्यसको प्रभाव गहिरो हुन्छ। यसलाई अझ प्रभावकारी बनाउन सम्बन्धित शाखाबीच मजबुत समन्वय आवश्यक छ। पालिकाले अहिले पनि समन्वयात्मक ढंगबाट सामाजिक संस्थाहरूलाई व्यवस्थापन गरिरहेको छ।"

बारबर्दिया नगरपालिकाका नगरप्रवक्ता सिताराम योगीले कार्यक्रमले समुदायमा उल्लेखनीय परिवर्तन ल्याएको बताउनु भयाे  उहाँका अनुसार, "पहिला यौन र प्रजनन स्वास्थ्यको कुरा गर्दा संकोच गरिन्थ्यो, तर अहिले विद्यालय, समुदाय र स्वास्थ्य संस्थाहरूको सक्रियताले किशोरकिशोरीमा सकारात्मक व्यवहार विकास भएको छ। अहिले तिनले खुला रूपमा बोल्न थालेका छन्, यो आफैमा ठूलो उपलब्धि हो।"

प्लान इन्टरनेशनल नेपालकी परियोजना संयोजक सुस्मा घर्तीमगरले बालिका र किशोरीको अधिकारलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनु भयाे । उहाँले भन्नु भयाे, "हामीले किशोरी र बालिकाको स्वास्थ्य, शिक्षा र सशक्तिकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेका छौँ। समन्वय र सहकार्यको बलमा यस्ता उपलब्धिहरू सम्भव भएका हुन्। केही कार्यक्रमहरू छोटो अवधिका भए पनि त्यसको दीगो असर देखिएको छ। यसलाई निरन्तरता दिने अपेक्षा गरेका छौँ।"

अर्धवार्षिक समिक्षा कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु प्रमुख अतिथि थिए। नगरप्रवक्ता, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय प्रमुख, स्वास्थ्यचौकी इन्चार्ज लगायतको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार