मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

ठाकुरबाबाका युवालाई योजना तर्जुमा प्रक्रिया बारेमा अभिमूखिकरण
ठाकुरबाबाका युवालाई योजना तर्जुमा प्रक्रिया बारेमा अभिमूखिकरण

Rato Pen 355+ समाचार ( )
७ जेठ २०८१, सोमबार

ठाकुरबाबा

ठाकुरबाबा नगरपालिकाका युवाहरुलाई योजना तर्जुमा प्रक्रियामा युवाको सहभागीताको बारेमा अभिमूखिकरण गरिएको छ । आर्थिक बर्ष २०८१/०८२का लागि नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने समय नजिकीदै गर्दा युवाहरुलाई पालिका स्तरीय अभिमुखिकरण गरिएको हो ।

युवाहरुको सभाद्धारा युवाहरुको आवाज तथा मुद्दा उजागरी साझा मुद्दाहरु तय गर्न, युवाहरुको सहभागिता सुनिश्चितका लागि योजना तयारी गर्न र योजना तर्जुमा प्रक्रियामा युवाहरुको सहभागिता सुनिश्चितताका लागि पैरवी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको छ ।  

शिक्षा क्षेत्र, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, युवा तथा बाल संरक्षण, खानेपानी तथा सरससफाई सवाल तथा मुद्दाहरु उजागर गरी समाधानका उपायहरुको बिषयमा युवाहरुलाई समुहमा रुपमा छलफल गराईको छ । शिक्षालाई पुर्ण रुपमा निशुल्क, समयानुसारको प्रविधिक शिक्षा हुनु पर्ने, विद्यालय बालमैत्री किशोरकिशोरी मैत्री बनाउनु पर्ने, खानेपानी सरसफाईका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने लगाएतका सवालहरु छलफल गरिएको छ । उक्त छलफलको बिषयलाई लिएर योजना तर्जुमा प्रक्रियामा समाबेश गर्नका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्नु पर्ने कार्यक्रम रहेको छ । 

ठाकुरबाबा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख गोगनसरा आर्चायले युवाहरुलाई आफ्नो सवालहरु नगरपालिकालाई टिपोट वा बिषयगत शाखालाई भेटेर पनि सल्लाह सुझाब दिनका लागि आग्रह गर्नु भएको छ । अहिले पालिकाको बार्षिक नीति तथा कार्यक्रम बनाउने समय भएकोले युवाहरुले दिएको सल्लाह सुझाब महत्वपुर्ण हुने बताउनु भएको छ । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संरचना बालिका सशक्त परियोजना अन्तरगत ठाकुरबाबा नगरपालिकामा युवाहरुलाई अभिमुखिकरण गरिएको छ । अभिमुखिकरणमा राष्ट्रिय युवा नीति तथा राष्ट्रिय युवा परिषद्को बारेमा परियोजनाका अनुगमन, मुल्याँकन अधिकृत जनक थापाले जानकारी गराउनु भएको छ । नेपालको सविधानमा युवाको परिभाषा र युवाहरुको अवस्थाको बारेमा परियोजनाका कार्यक्रम अधिकृत संजय चौधरीले सहजिकरण गर्नु भएको छ । कार्यक्रममा ठाकुरबाबाका युवा, नागरिक समाज, सञ्चारकर्मीहरु गरी करिब ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रम ठाकुरबाबा नगरिक समाज संजालका संयोजक ओमप्रकाश बिष्टको अध्यक्षतामा भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार