मुख्य समाचार
ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन | दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन | बारबर्दियामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम सुरु |

नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न
नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न

Rato Pen 198+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

बर्दिया,

नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी दुई दिनसम्म ठाकुरबाबा नगरपालिकाको ठाकुरद्धारामा भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले सञ्चालन गरेको बाल विवाह न्यूनीकरण परियोजनाअन्तर्गत आयोजित दुई दिने गोष्ठीमा बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा रहेका नागरिक समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा सहभागीहरुले नागरिक समाजलाई दिगो, क्रियाशील र प्रभावकारी बनाउन पालिका र सहयोगी संस्थाले निरन्तर क्षमता विकासका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिनुभएकाे छ । सचेतनशील नागरिकहरुको समूह भए पनि यसको स्थायित्वका लागि स्थानीय सरकारको अपनत्व, स्वयम्सेवक परिचालन, कार्यालय व्यवस्थापन र योजनाबद्ध ढंगले काम गर्ने चुनौती रहेको सहभागीहरुको भनाइ थियो ।

चुनौतीबीच पनि नागरिक समाजले समुदाय स्तरमा बाल विवाह न्यूनीकरण र हानिकारक अभ्यास न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिइसकेको सहभागीहरुले औल्याएका छन् । साथै, स्थानीय सरकारका अभियानमा सहकार्य गर्ने, कमजोरी भए सचेत गराउने कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गरियो ।

सामाजिक अभियन्ता तथा गोष्ठीका सहजकर्ता शिवलाल पाण्डेले नागरिक समाजको विश्व इतिहास, वर्तमान अवस्था र आवश्यकताबारे जानकारी गराउँदै यसको संरचना र समुदायमा खेल्नुपर्ने भूमिकाबारे प्रष्ट पार्नु भएकाे छ । उहाँले संजाल संस्थाले लेखाजोखा पारदर्शी बनाउन आवश्यक सबै पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा बी–ग्रुपका अध्यक्ष इन्द्र बहादुर भण्डारी, परियोजना प्रबन्धक खेम भण्डारी, प्राविधिक संयोजक जयलाल विश्वकर्मा तथा अन्य प्रतिनिधिहरूले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।

भदौ १९ र २० गते सम्पन्न गोष्ठीमा चार पालिकाबाट २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार