मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बबई सिँचाइ आयोजना तीव्र गतिमा अगाडि
बबई सिँचाइ आयोजना तीव्र गतिमा अगाडि

Rato Pen 357+ समाचार ( )
३ असार २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया | असार ४ गते

बर्दियाको गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर जमिन सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले हालसम्म झन्डै ३५ प्रतिशत काम सम्पन्न गरिसकेको छ। बबई नदीको पानीलाई नहरमार्फत किसानका खेतमा पु-याउने उद्देश्यसहित यो आयोजना तीव्र गतिमा अघि बढिरहेको छ।

गुलरिया नगरपालिकामा निर्माण सुरु गरिएको नहरमध्ये ११ किलोमिटर शाखा नहर र ४ किलोमिटर मूल नहर निर्माणको कार्य ८३ करोड रुपैयाँको बजेटमा अघि बढाइएको हो। नहर निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवा, काठमाडौंले लिएको छ। निर्माण कार्य २०८३ सालको माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

बबई सिँचाइ आयोजनाका इन्जिनियर विवेक पौडेलका अनुसार हाल आयोजनास्थलमा ७५ जना प्राविधिक तथा प्रशासनिक कर्मचारी, १३ वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसिबी, ४ वटा ट्र्याक्टर, ३ वटा पानी ट्यांकर, ३ वटा ट्रान्सपोर्ट मेशिन (टिएम) र आयोजनाको आफ्नै प्लान्ट सञ्चालनमा छन्। साथै, करिब २ सय जना मिस्त्री तथा श्रमिकहरु समेत खटिएका छन्।

हालसम्म बारबर्दिया, बाँसगढी, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा नहर निर्माण सम्पन्न भई केही क्षेत्रमा सिँचाइ कार्य सुरु भइसकेको छ। गुलरिया नगरपालिकामा भने माघ महिनामा सिलान्यास भएसँगै निर्माण कार्य सुरु गरिएको हो।

बबई सिँचाइ आयोजना पहिलोपटक २०४५/४६ सालमा सुरु भई २०४९/५० सालमा पहिलो चरणको काम सम्पन्न भएको थियो। राष्ट्रिय गौरवको आयोजना सूचीमा सूचीकृत भएपछि यस आयोजनाले नयाँ गति लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार