मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा शिक्षकलाई गुनासो सुनुवाइ संयन्त्र सम्बन्धी अभिमूखिकरण
विद्यालयमा सुशासन प्रवर्द्धनका लागि बारबर्दियामा गुनासो सुनुवाइ अभिमूखिकरण

Rato Pen 357+ समाचार ( )
२४ मंगशिर २०८२, बिहीबार

बारबर्दिया नगरपालिका क्षेत्रका शिक्षकहरुलाई गुनासो सुनुवाइ संयन्त्र सम्बन्धी अभिमूखिकरण कार्यक्रम विहिवार सम्पन्न भएको छ। वास–गेन परियोजना लागु भएका विद्यालयका गुनासो सुन्ने अधिकारी तथा प्रधानाध्यापक/प्रधानाध्यापकका प्रतिनिधि गरी प्रत्येक विद्यालयबाट दुई–दुई जनाले अभिमूखिकरणमा सहभागिता जनाउनु भएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रहेर शिक्षा विभागले तयार पारेको गुनासो सुनुवाइ कार्यविधि २०७४ लाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनका लागि कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बारबर्दिया नगरपालिका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईँले सबै विद्यालयले गुनासो सुनुवाइ संयन्त्रलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै, “कार्यविधि कागजमै सीमित हुनु हुँदैन, विद्यालयले वास्तविक गुनासो समाधानतर्फ उन्मुख हुनुपर्छ,” भन्नु भयो। कार्यविधि तथा यसको प्राविधिक पक्षबारे सहायक शिक्षा अधिकृत खोमराज काफ्लेले प्रस्तुति दिँदै विद्यालयमा हुने हरेक शिकायतको दर्ता, विश्लेषण र समाधान प्रक्रिया व्यवस्थित गर्न यसको महत्वपूर्ण भूमिका रहने बताउनु भयो।

वाटरएडका उमाशंकर यादवले गुनासो सुनुवाइ संयन्त्र सुशासन स्थापित गर्ने आधार भएको उल्लेख गर्दै, “विद्यालयमा गुनासो सुन्ने प्रणाली भएकै कारण सेवा गुणस्तरमा सुधार आएको देखिन्छ, यसले बालमैत्री र उत्तरदायी वातावरण निर्माणमा सहयोग गर्छ,” भन्ने धारणा राख्नुभयो।

युएके एड र वाटरएड नेपालको आर्थिक सहयोग तथा राष्टि्य अपांग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोगमा बेस बर्दिया मार्फत सञ्चालित वास–गेन परियोजनाअन्तर्गत कार्यक्रम गरिएकाे थियो। अभिमूखिकरणका क्रममा सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा गुनासो सुनुवाइ समिति गठनका प्रक्रिया, अहिलेसम्म भएका व्यवहारिक अभ्यास, सामना गरिएका चुनौतीहरू तथा हासिल गरिएका उपलब्धीहरूबारे प्रस्तुतीकरण गर्नु भएकाे थियो।

बारबर्दियाका १० मध्ये ६ वटा विद्यालयले गुनासो सुनुवाइ समिति गठन गरी कार्यान्वयन प्रारम्भ गरिसकेको जानकारी दिनुभयो भने बाँकी ४ वटा विद्यालयले तत्काल समिति गठन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो। गठन गरिसकेका विद्यालयहरूले पनि समितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने योजना रहेको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार