मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

जिल्ला स्तरीय WASH GAINS परियोजना समापन, विद्यालय सरसफाइमा उल्लेखनीय प्रगति
जिल्ला स्तरीय WASH GAINS परियोजना समापन, विद्यालय सरसफाइमा उल्लेखनीय प्रगति

Rato Pen 299+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

बर्दिया, — बर्दिया जिल्लाका पाँच स्थानीय तहमा सञ्चालन हुँदै आएको “WASH for Gender & Adolescent Inclusive School in Nepal (WASH GAINS)” परियोजना करिब तीन वर्षको अवधि पूरा गर्दै जिल्ला स्तरीय समापन गरिएको छ। विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा केन्द्रित उक्त परियोजनाले उल्लेखनीय उपलब्धि हासिल गरेको सरोकारवालाहरूले बताएका छन्।

बेस बर्दियाका सहसचिव शोमलाल चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, बारबर्दियाकी उपप्रमुख रत्नकुमारी पाण्डे, मधुवनकी उपप्रमुख अनिता थारु, ठाकुरबाबाकी उपप्रमुख बिनाकुमारी भट्टराई तथा गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी पाँचवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, WASH फोकल पर्सन तथा परियोजना लागू भएका विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाबाट “हार्डवेयर र सफ्टवेयरको समन्वयले प्रभावकारी प्रगति हासिल भएको” प्रतिक्रिया दिएका छन्।

यूकेएड तथा वाटरएड नेपालको सहयोगमा, बेस संस्था, NFCCर NFD-N लगायतको साझेदारीमा १ अप्रिल २०२३ देखि ३१ मार्च २०२६ सम्म सञ्चालन भएको उक्त परियोजना करिब १५ करोड ४१ लाख रुपैयाँभन्दा बढी बजेटमा कार्यान्वयन गरिएको थियो। परियोजना अन्तर्गत बारबर्दिया, गुलरिया, गेरुवा, मधुवन र ठाकुरबाबा गरी पाँच स्थानीय तहका ३३ विद्यालय (२२ माध्यमिक र ११ आधारभूत) समेटिएका थिए।

परियोजनाको मुख्य उद्देश्य विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ र स्वच्छता सुविधा विस्तार गर्दै किशोर–किशोरी तथा अपाङ्गता भएका बालबालिकाको सिकाइ वातावरण सुधार गर्नु रहेको थियो। यसका लागि विभिन्न तालिम, संरचना निर्माण, नीति निर्माण, सचेतना अभिवृद्धि लगायतका गतिविधि सञ्चालन गरिएका थिए।

परियोजनाबाट ५३० जनालाई WASH तालिम, ६३४ जनालाई महिनावारी स्वास्थ्य स्वच्छता तालिम लगायत विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुका साथै विद्यालयमा शौचालय, हात धुने धारा, फोहोर व्यवस्थापन, इन्सिनिरेटर निर्माण जस्ता पूर्वाधार विकास गरिएको थियो।

त्यस्तै, किशोर–किशोरीमैत्री सूचना कक्ष र आराम कक्ष स्थापना, रेडियो जिंगल, नाटक प्रदर्शन, म्यूरल पेन्टिङ लगायत सचेतनामूलक कार्यक्रमहरूले व्यवहार परिवर्तनमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।

समापन कार्यक्रममा परियोजनाले विद्यालयमा सरसफाइ व्यवहार सुधार, महिनावारी व्यवस्थापनमा सहजता, तथा विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि भएको निष्कर्ष प्रस्तुत गरिएको थियो। साथै, वास संरचनाको दिगोपनका लागि मर्मत सम्भार कोष स्थापना र स्थानीय तहमा नीतिगत व्यवस्थाले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार