मुख्य समाचार
तरबुजा बेच्न व्यस्त बबई नदी किनारका किसान | बारबर्दियामा विद्यार्थी भर्ना अभियानमा घरदैलो गर्दै | वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान | विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न | बर्दियामा २२ किलो अफिमसहित दुई जना पक्राउ | मधुवन–८ बाल विवाहमुक्त घोषणा, अन्य वडाहरू पनि तयारीमा | कृषि तथा पशुपंछी कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग छलफल | | बर्दियाका पशु हाट बजार सुनसान, चौपाया व्यापार धराशायी | किशोर यौन तथा प्रजनन स्वास्थ्यबारे सहकर्मी शिक्षक तालिम |

सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा
सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा

Rato Pen 117+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

होमेन्द्र थापा, बर्दिया 

बर्दियाको सीमावर्ती क्षेत्रमा गरिएको बजार अनुगमनले स्थानीय व्यवसायीहरूमा आशा पलाएको छ। भारतीय सीमासँग जोडिएको क्षेत्रमा नियमित छड्के अनुगमन जारी राखे अवैध रूपमा भैंसी, राँगा तथा कुखुरा आयातमा रोक लाग्ने र नेपालमै उत्पादित वस्तुहरूको खपत बढ्ने व्यवसायीहरूको धारणा छ।

घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको पहलमा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतको संयोजनमा बिहीबार सम्पन्न अनुगमनमा विभिन्न अनियमितता भेटिएपछि पाँच व्यवसायीलाई जरिवाना गरिएको हो।

बढैयाताल गाउँपालिकाका विभिन्न वडामा गरिएको अनुगमनमा पशुपंक्षी बिक्री केन्द्र, मासु सप्लायर्स, पोल्ट्री फर्म, फ्रेस हाउस र किराना पसलसमेत गरी १० वटा स्थानको निरीक्षण गरिएको थियो।

अनियमितता फेला परेका नुरी पशुपंक्षी खरिद बिक्री तथा मासु सप्लायर्स, मोइन मासु सेन्टर तथा सप्लायर्स, र अल्फाज मासु सेन्टर एण्ड सप्लायर्सलाई जनही १०–१० हजार रुपैयाँ तथा समुन्द्र किराना पसल र ओली फ्रेस हाउसलाई जनही ५–५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कठायतका अनुसार सरसफाइको अभाव, मासु काट्ने अनुमति नलिएको, बिलबिजक नराखिएको र व्यवसाय दर्ता नगरेको पाइएपछि जरिवाना गरिएको हो। साथै, सम्बन्धित व्यवसायीहरूलाई सुधारका लागि निर्देशनसमेत दिइएको छ।

स्थानीय व्यवसायी प्रकाश के.सी.ले भारतीय सीमाबाट रातारात अवैध रूपमा कुखुरा भित्रिने र बिहानै बिक्री हुने गरेको गुनासो गरे।
विरमान भण्डारीले नेपाल गरिब हुनुको प्रमुख कारण खुला सिमाना भएको धारणा राखे।
रामजी थारुले अनुगमनले व्यापारीहरूलाई सचेत बनाउने भएकाले यसलाई स्वागतयोग्य कदम भन्दै समर्थन जनाए।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बढैयाताल गाउँपालिका, प्रहरी, पत्रकार तथा कुखुरा व्यवसायीहरूको सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार