मुख्य समाचार
मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति |

सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा
सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा

Rato Pen 302+ समाचार ( )
२० चैत्र २०८१, शुक्रबार

होमेन्द्र थापा, बर्दिया 

बर्दियाको सीमावर्ती क्षेत्रमा गरिएको बजार अनुगमनले स्थानीय व्यवसायीहरूमा आशा पलाएको छ। भारतीय सीमासँग जोडिएको क्षेत्रमा नियमित छड्के अनुगमन जारी राखे अवैध रूपमा भैंसी, राँगा तथा कुखुरा आयातमा रोक लाग्ने र नेपालमै उत्पादित वस्तुहरूको खपत बढ्ने व्यवसायीहरूको धारणा छ।

घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको पहलमा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतको संयोजनमा बिहीबार सम्पन्न अनुगमनमा विभिन्न अनियमितता भेटिएपछि पाँच व्यवसायीलाई जरिवाना गरिएको हो।

बढैयाताल गाउँपालिकाका विभिन्न वडामा गरिएको अनुगमनमा पशुपंक्षी बिक्री केन्द्र, मासु सप्लायर्स, पोल्ट्री फर्म, फ्रेस हाउस र किराना पसलसमेत गरी १० वटा स्थानको निरीक्षण गरिएको थियो।

अनियमितता फेला परेका नुरी पशुपंक्षी खरिद बिक्री तथा मासु सप्लायर्स, मोइन मासु सेन्टर तथा सप्लायर्स, र अल्फाज मासु सेन्टर एण्ड सप्लायर्सलाई जनही १०–१० हजार रुपैयाँ तथा समुन्द्र किराना पसल र ओली फ्रेस हाउसलाई जनही ५–५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कठायतका अनुसार सरसफाइको अभाव, मासु काट्ने अनुमति नलिएको, बिलबिजक नराखिएको र व्यवसाय दर्ता नगरेको पाइएपछि जरिवाना गरिएको हो। साथै, सम्बन्धित व्यवसायीहरूलाई सुधारका लागि निर्देशनसमेत दिइएको छ।

स्थानीय व्यवसायी प्रकाश के.सी.ले भारतीय सीमाबाट रातारात अवैध रूपमा कुखुरा भित्रिने र बिहानै बिक्री हुने गरेको गुनासो गरे।
विरमान भण्डारीले नेपाल गरिब हुनुको प्रमुख कारण खुला सिमाना भएको धारणा राखे।
रामजी थारुले अनुगमनले व्यापारीहरूलाई सचेत बनाउने भएकाले यसलाई स्वागतयोग्य कदम भन्दै समर्थन जनाए।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बढैयाताल गाउँपालिका, प्रहरी, पत्रकार तथा कुखुरा व्यवसायीहरूको सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार