मुख्य समाचार
बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती | गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड |

बारबर्दियामा एआई एक्स–रे विधिबाट क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने
बारबर्दियामा एआई एक्स–रे विधिबाट क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने

Rato Pen 337+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा, बर्दियाले क्षयरोग नियन्त्रण तथा अन्त्य गर्ने उद्देश्यले एआई एक्स–रे विधिद्वारा सक्रिय क्षयरोग खोजपड्ताल शिविर सञ्चालन गर्ने भएको छ। “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित शिविर सञ्चालन गर्न लागिएको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलका अनुसार शिविर विभिन्न वडामा चरणबद्ध रूपमा सञ्चालन हुनेछ। बैशाख २३ गते वडा नं. १ स्थित पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्रमा, बैशाख २४ गते वडा नं. ४ को पदनाहा स्वास्थ्य चौकीमा, बैशाख २५ गते वडा नं. ७ को सिउनिया आधारभूत स्वास्थ्य केन्द्रमा तथा बैशाख २६ गते वडा नं. ११ को लम्किफाँटा आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिनेछ।

शिविरमा एआई एक्स–रे प्रविधिको प्रयोग गरी क्षयरोगका सम्भावित बिरामीहरूको प्रारम्भिक परीक्षण तथा सक्रिय खोजपड्ताल गरिने जनाइएको छ। यस प्रविधिबाट रोगको पहिचान छिटो, सहज र प्रभावकारी रूपमा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमलाई वि एन एम टी नेपालले प्राविधिक सहयोग प्रदान गरेको छ। नगर स्वास्थ्य शाखाले सम्बन्धित वडाका नागरिकलाई तोकिएको मितिमा स्वास्थ्य संस्थामा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

स्वास्थ्य शाखा प्रमुख पौडेलका अनुसार क्षयरोग समयमै पहिचान र उपचार गर्न सके पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिएमा परीक्षण गराउन सबैलाई आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार