मुख्य समाचार
ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन | दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन | बारबर्दियामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम सुरु |

लागुऔषध नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : प्रहरी उपरीक्षक पौडेल
लागुऔषध नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : प्रहरी उपरीक्षक पौडेल

Rato Pen 198+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले लागुऔषध सेवन र ओसारपसार नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउनु भएकाे छ ।बर्दियाका सञ्चारकर्मीहरूसँग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएकाे हाे । 

उहाँले बर्दिया मात्र नभई नेपालभर लागुऔषध कारोबार बढ्दो क्रममा रहेको भन्दै यसको रोकथामका लागि प्रहरी मात्र पर्याप्त नहुने स्पष्ट पार्नु भयाे  । खुला सिमानासँग जोडिएको बर्दियालाई संवेदनशील क्षेत्रका रूपमा लिइएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मी, स्थानीय समुदाय र प्रहरी सबै मिलेर सचेतनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयाे ।

उहाँका अनुसार बर्दियाका विभिन्न नाकाबाट दैनिक रूपमा लागुऔषध प्रयोगकर्ता र घटनामा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन् । सम्भावित आपराधिक घटनालाई रोकथाम गर्न प्रहरी आफूसँग उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै तत्काल घटनास्थलमा पुग्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयाे ।

एसपी पौडेलले प्रहरी पनि एक नागरिक भएकाले स्वास्थ्य समस्या वा अन्य असुविधा नभएसम्म सुरक्षाका लागि निरन्तर खटिने बताउनु भयाे । साथै पछिल्लो समयमा देशभर अनलाइन ठगी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले ठूलो गिरोहले सामाजिक सञ्जालमार्फत सामान्य नागरिकलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने घटना बढेकाले यस विषयमा सञ्चारकर्मीमार्फत व्यापक सचेतना फैलाउन आग्रह गर्नु भयाे।

ठगी घटनाबारे सचेत वर्गले ख्यालपूर्वक निगरानी गरी आवश्यक सूचना दिनुपर्नेमा उहाँले जोड दिनु भएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार