मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी
बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी

Rato Pen 335+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

बर्दिया, 
बर्दियाको बारबर्दिया नगरपालिकाका विद्यालयहरू विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) प्रवद्र्धनमा अगाडि छन् । नगरपालिकाले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०८१ लागू गरी हालसम्म चार विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिसकेको छ भने पाँच विद्यालयलाई दुई तारे प्रमाणित गरिसकेको छ । प्रत्येक विद्यालयमा विद्यालय खानेपानी स्वच्छता समिति गठन गरी कार्यान्वयनका लागि निरन्तर पहल गरिँदै आएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरेसँगै नगरपालिकामा तीन तारे विद्यालयहरूको संख्या चार पुगेको छ । यसअघि वडा नम्बर ४ को पाञ्चजन्य माध्यमिक विद्यालय, वडा नम्बर ८ को जनज्योति आधारभूत विद्यालय, र वडा नम्बर ११ को नेपाल प्राज्ञिक आधारभूत विद्यालय तीन तारे विद्यालयको रूपमा घोषणा भइसकेको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यालय तीन तारे घोषणाले शिक्षण सिकाइ र सरसफाईमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । विद्यालयहरू समाज विकासका आधार भएकाले यसले शैक्षिक सुधार मात्र होइन, अनुशासन, नेतृत्व, र खेलकुदमा पनि सकारात्मक योगदान दिने उहाँको धारणा छ । उहाँले बारबर्दिया अन्य पालिका तथा जिल्लाहरूका लागि सिकाइको आधार बन्ने विश्वास व्यक्त गर्दै, खानेपानी र सरसफाइसँगै शैक्षिक गुणस्तर सुधारतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार थारूले विद्यालयहरूको शैक्षिक स्तर सुधारका लागि प्रदेश सरकार निरन्तर लागि परेको बताउनुभयो । विद्यालयहरूको आवश्यकताअनुसार भौतिक संरचना निर्माणमा सहयोग र्पुयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारूले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै शैक्षिक गुणस्तरसँगै खानेपानी तथा सरसफाइ सुधारमा समेत ध्यान दिइरहेको जानकारी गराउनुभयो । नगरपालिकामा विद्यालयहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, र नेपाल प्रजनन स्याहार केन्द्रको साझेदारीमा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार