मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा नेपाल राष्ट्रिय नमुना माविको ५८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बर्दियामा नेपाल राष्ट्रिय नमुना माविको ५८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Rato Pen 357+ समाचार ( )
२४ पौष २०८२, शुक्रबार

बर्दिया, 

बर्दिया जिल्लाको मधुवन नगरपालिका–स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, ढोढरीको ५८औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ज्यूले गर्नुभएको हो।

समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले शिक्षा, अनुशासन र सामाजिक मूल्यको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, समाजसेवी सुरेश पन्त, नगर प्रवक्ता मेकबहादुर गुरुङ, वडा अध्यक्ष बलिराम, समाजसेवी हरिहर चौधरी तथा विदुर पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुलाबलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक झाँकी र नृत्यले समारोहलाई अझ रंगीन र आकर्षक बनाएको थियो। स्थानीय अभिभावक, विद्यार्थी तथा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले विद्यालयप्रतिको विश्वास र अपनत्व झल्काएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार