मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

बर्दियाका विद्यालयमा वास कार्यक्रम कार्यान्वयनको सहयोगका लागि सरोकारवालालाई अभिमुखीकरण
बर्दियाका विद्यालयमा वास कार्यक्रम कार्यान्वयनको सहयोगका लागि सरोकारवालालाई अभिमुखीकरण

Rato Pen 332+ समाचार ( )
३० कार्तिक २०८१, शुक्रबार

बर्दिया 

बर्दिया जिल्लाका विद्यालयहरुमा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि कार्यान्वयनका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको छ । जनप्रतिनिधि, वास फोकलपर्सन, योजना शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, संघ संस्थाका प्रतिनिधि, शिक्षकलगाएतलाई विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी कार्यान्वयनमा सहयोग पुर्याउन अभिमुखीकरण  गरिएको हो । 

शिक्षकहरुले आफ्नो विद्यालयको खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था बारे जानकारी गराई यसको कार्यान्वयनका लागि स्वयम विद्यालय परिवार र सरकारी तथा दातृनिकायहरुको भूमिकाको विषयमा छलफल गर्नु भएको छ । विद्यालयहरुमा खानेपानी तथा सरसफाईको अवस्थामा सुधार हुदै गएको र धेरै जसो स्थानमा सुधारात्मक अवस्थामा रहेको बताउनु भएको छ । 

उक्त अभिमुखीकरण कार्यक्रम तीन दिन संचालन भएको छ । अभिमुखीकरणको पहिलो दिन नगरउपप्रमुख, सामाजिक विकास समितिसंयोजक, नगरप्रबक्ता, वास फोकलपर्सन, योजना शाखा प्रमुख र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  अभिमुखीकरणको दोस्रो दिन परियोजना संचालनमा रहेको ३३ वटा विद्यालयका शिक्षा र परियोजना  संचालन गरेका पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रनितिनिधिको सहभागीता रहेको थियो । अभिमुखीकरणको तेस्रो दिन पहिलो र दोस्रो दिन तालिममा सहभागी भन्दा फरक शिक्षक तथा शिक्षा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । 

जनप्रतिनि तथा वास फोकलपर्सन र योजनाशाखा प्रमुखहरुसंग विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि स्थानीयकरण गरेपछि यसको कार्यान्वयन र परियोजना नभएको विद्यालयहरुमा लैजाने विषयमा छलफल गरिएको छ । उहाँहरुले कार्यान्वयनलाई प्रभावकारी बनाउने र अनुगमनका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ । 

शिक्षक तथा शिक्षा शाखा प्रमुखहरुलाई विद्यालयमा कार्याविधिलाई प्रभावकारी बनाउनका लागि शिक्षक तथा विद्यालय परिवारले खेल्नु पर्ने भूमिकाको बिषयमा छलफल गरिएको छ । खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधिको बिषयमा जानकारी तथा छलफल प्रशिक्षक चन्द्रबहादुर विष्टले गर्नु भएको परियोजनाका तालिम तथा पैरवी अधिकृत दुर्गा चौधरीले जानकारी गराउनु भएको छ ।

बारबर्दिया र गुलरिया नगरपालिकामा दशदश वटा विद्यालय, गेरुवा गाँउपालिकाको ६ वटा विद्यालय, ठाकुबाबा नगरपालिकाको ५ वटा विद्यालय र मधुवन नगरपालिकाको २ वटा विद्यालयमा गरी बर्दिया जिल्लाको ५ वटा पालिकामा वास गेन परियोजना अन्तरगत कार्यक्रम संचालन भईरहेको छ । उक्त परियोजना मार्फत विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी कार्यान्वयन गराउनका लागि सहजिकरण तथा सहयोगका गतिविधिहरु संचालन गर्दै आएको छ । 

बेस बर्दिया, वाटर एड, राष्ट्रिय अपाङ्ग महाँसंघ, एन.एफ.सि.सि.को साझेदारीमा संचालित वास गेन परियोजना संचालनमा छ । परियोजनाको बर्दिया जिल्लाको ३३ वटा विद्यालयमा कार्यक्रम संचालन भईसरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार