मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा र ढकालको उम्मेदवारी ( यी हुन् प्रस्तावक र समर्थक)

Rato Pen 1+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन तालिका अनुशार निर्धारित उम्मेदवारी दर्ता समयमा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । खतिवडाको प्रस्तावकमा ओखलढुंगाका रामप्रसाद दंगाल र समर्थकमा ताप्लेजुङका छत्रपति प्याकुरेल छन् भने ढकालको प्रस्तावकमा मोरङका मुकेश बुढाथोकी र समर्थकमा पनि मोरङकै महेश भट्टराई रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलले समेत सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम सुरु भएको हो । हुन त भोलि विहान ७ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएकाले त्यसबीचमा सहमति जुटाउने कसरत समेत हुने देखिन्छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ । अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनमा जोड दिनु भएको थियो । अध्यक्ष ओलीले खतिवडाको पक्षमा सहमति जुटाउन संकेत गरेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार