मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ
ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ

Rato Pen 357+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

बर्दिया — ठाकुरबाबा नगरपालिकामा नव निर्मित भवनमा ठाकुरबाबा आधारभूत नगर अस्पतालको सेवा शुभारम्भ तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। ठाकुरबाबा–३, नेउलापुरस्थित अस्पताल परिसरमा आयोजित कार्यक्रममा औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख तिलकराम लम्सालले स्थानीय तहमा आधारभूत अस्पताल स्थापना सकारात्मक कदम भए पनि संघीय सरकारले आवश्यक कर्मचारी दरबन्दी सुनिश्चित गर्नुपर्ने बताउनुभयो। उहाँले हाल स्थानीय तहले आफ्नै स्रोतमा अस्पताल सञ्चालन गर्न कठिनाइ रहेको उल्लेख गर्दै, सीमित स्रोतसाधनका बाबजुद पनि जनतालाई नजिकै सेवा उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो। साथै, स्थानीय सरकारको प्रयासलाई जनताले पनि बुझिदिन आग्रह गर्नुभयो।

नगरउपप्रमुख बिनाकुमारी भट्टराईले संघ र स्थानीय सरकारको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको जानकारी दिँदै, यसका लागि नगरप्रमुखले काठमाडौंमा पटक–पटक पहल गर्नुपरेको बताउनुभयो। उहाँका अनुसार अस्पताल निर्माण गर्दा विश्व स्वास्थ्य संगठन का मापदण्ड, पर्याप्त जग्गा क्षेत्रफल तथा सेवाग्राहीलाई पायक पर्ने स्थानलाई ध्यानमा राखिएको छ।

प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले करिब १२ करोड ८४ लाख ८३ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। बर्दियामा प्रारम्भिक चरणमै स्वीकृत चारवटा नगर अस्पतालमध्ये १५ शैयाको यो अस्पताल सबैभन्दा पहिले निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो। करिब ३२ हजार ७१८ दशमलव ८१ वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा ५० भन्दा बढी कोठा रहेका छन्। आवश्यक संरचना निर्माण भइसकेको र थप व्यवस्थापनका लागि करिब एक करोड रुपैयाँ बराबरका सामग्री खरिद प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगीले शिलान्यासपछि करिब ५ वर्षमा भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै सेवा सञ्चालनका क्रममा विभिन्न चुनौती भए पनि गुणस्तरीय सेवा प्रदान गर्न प्रयासरत रहेको बताउनुभयो। पुरानो स्थानबाट नयाँ भवन करिब ३ किलोमिटर टाढा रहेको र सडक निर्माण भइरहेको अवस्थालाई मध्यनजर गर्दै सेवाग्राहीका लागि निःशुल्क अटो सेवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। साथै, अस्पतालसम्म सहज पहुँचका लागि सडक निर्माण कार्य छिटो सम्पन्न गराउने र आवश्यक सामग्री व्यवस्थापनमा पनि जोड दिइएको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार