मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

बारबर्दियामा २६ औँ मुक्त कमैया दिवस मनाइयो, स्थायी पुनःस्थापनाको माग
बारबर्दियामा २६ औँ मुक्त कमैया दिवस मनाइयो, स्थायी पुनःस्थापनाको माग

Rato Pen 348+ समाचार ( )
२ श्रावण २०८२, शुक्रबार

 बर्दिया ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा २६ औँ मुक्त कमैया दिवस एक विशेष समारोहका साथ मनाइएको छ। समारोहमा सहभागी मुक्त कमैयाहरूले आफ्नो मागहरू सहितको ज्ञापनपत्र नगरप्रमुख छबिलाल थारुलाई बुझाएका छन्। नगरप्रमुख थारु उक्त समारोहका प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थारुले मुक्त कमैयाहरूको पीडा र मागप्रति आफू सकारात्मक रहेको जनाउँदै समस्याको समाधानका लागि भूमि समस्या समाधान आयोगमार्फत पहल भइरहेको जानकारी दिनुभयो। उहाँले संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गराउने दिशामा स्थानीय तहबाट समेत सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा सहभागी संविधानसभा सदस्य एवं मुक्त कमैया अधिकारकर्मी सुन्दरा थारुले अझै पनि मुक्त कमैयाहरू अनेकौं समस्याबीच बाँच्न विवश रहेको भन्दै, तिनको समाधानका लागि स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारको संयोजनमा ठोस कदम चालिनु पर्ने बताउनुभयो। उहाँले घोषणा मात्रै होइन, व्यवहारमा देखिने मुक्ति सुनिश्चित गर्न राज्यको गम्भीर भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि सहभागिता जनाउँदै मुक्त कमैयाहरूको आन्दोलनप्रति आफ्नो पार्टीहरूको एक्यबद्धता रहेको जनाउनु भयाे । उहाँहरूले कमैयाहरूको हकअधिकारको विषयमा दलगत नीतिभन्दा माथि उठेर साझा रूपमा समाधान खोजिनु पर्नेमा जोड दिनु भएकाे थियाे ।

मुक्त कमैया दिवस समारोह समितिका संयोजक नरबहादुर छिनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरप्रमुख थारु, संविधानसभा सदस्य सुन्दरा थारु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, मुक्त कमैया, सुकुम्बासी, महिलाहरू तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सञ्चालन मुक्त कमैयाका अगुवा कालिराम थारुले गर्नुभएको थियो।

२०५७ साल साउन २ गते तत्कालीन सरकारले मुक्त कमैया घोषणा गरेपछिको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको हो। तर घोषणा भएको दुई दशक नाघिसक्दा पनि मुक्त कमैयाहरूको स्थायी पुनःस्थापनाको काम अझै अपूरो छ। उहाँहरू आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्ति अधिकार जस्ता मौलिक हकबाट वञ्चित रहनु भएकाे छ।

यसपटकको ज्ञापनपत्रमा यिनै मुद्दाहरूलाई समेट्दै जग्गा नामसारी, आवास निर्माण, बालबालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा केन्द्र स्थापनादेखि सीपमूलक तालिम र रोजगारीका अवसर उपलब्ध गराउन आग्रह गरिएको छ।

समुदायले ‘घोषणामा मात्र होइन, जीवनमै मुक्ति देखिनुपर्छ’ भन्ने नाराका साथ दिवस मनाएका मनाईएकाे छ । यो मागले राज्यलाई संविधानअनुसार सामाजिक न्याय र समानताको आधारमा काम गर्न थप चुनौती र जिम्मेवारी दिइसकेको छ।

प्रतिक्रिया

कालीराम थारू २ श्रावण २०८२, शुक्रबार

कमैयाहरूकाे मुद्दा उत्थान गरि समाचार तयार गरेकाेमा धन्यवाद छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार