मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

गर्मी बढेपछि गुलरियामा विहानी सत्रमा विद्यालय सञ्चालन गर्न आग्रह
गर्मी बढेपछि गुलरियामा विहानी सत्रमा विद्यालय सञ्चालन गर्न आग्रह

Rato Pen 357+ समाचार ( )
५ जेठ २०८२, सोमबार

होमेन्द्र थापा, 

बर्दिया — बर्दियामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएपछि गुलरिया नगरपालिकाले विद्यालयहरूलाई विहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। नगरपालिकाको शिक्षा शाखाले आइतबारदेखि बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गर्न सम्बन्धित विद्यालयहरूलाई औपचारिक रूपमा सूचित गरेको हो।

शिक्षा शाखाका प्रमुख सतीश यादवका अनुसार गुलरिया नगरपालिकाभित्र १९ हजार ८२८ विद्यार्थी अध्ययनरत छन्। अत्यधिक गर्मीका कारण विद्यार्थी तथा शिक्षक दुवैलाई दिउँसो पठनपाठनमा समस्या भएपछि विहानी सत्रमा कक्षा सञ्चालनको निर्णय गरिएको हो। मौसममा सुधार नआएसम्म उक्त व्यवस्था यथावत् रहने जनाइएको छ।

विद्यालयहरूलाई नियमित पिरियडअनुसार नै कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ। विगतमा पनि गर्मीयाममा विहानी सत्र सञ्चालन गर्ने प्रचलन रहे पनि यस वर्षको गर्मी असह्य बनेपछि अभिभावक र शिक्षकको गुनासोका आधारमा औपचारिक निर्णय गरिएको हो।

कृष्णसार आधारभूत विद्यालय खैरीका प्रधानाध्यापक माधव प्रसाद पोख्रेलका अनुसार टिनको छानावाला कक्षाकोठामा अत्यधिक गर्मी, कम भोल्टेजका कारण पंखा नचल्ने, तथा केही बालबालिका बेहोस हुनेजस्ता समस्या देखिएपछि विहानी सत्र आवश्यक भएको हो। गुलरिया तथा आसपासका क्षेत्रमा पछिल्लो समय तापक्रम औसत ३८ देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीका कारण मानिसहरू आवश्यक कामबाहेक घर बाहिर ननिस्कने गरेका छन्।

जिल्ला अस्पताल गुलरियाका अनुसार गर्मीका कारण रक्तचाप, टाउको दुख्ने, झाडापखाला, ज्वरो, घाउ–खटिराजस्ता लक्षण देखिने बिरामीको संख्या बढेको छ। बालरोग विशेषज्ञहरूका अनुसार विशेषगरी बालबालिका तथा वृद्धवर्गलाई गर्मीबाट जोगिन सतर्क रहन आवश्यक छ भन्ने सुझाव दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार