मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

मुक्तकमैया र कमलहरीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता मन्त्री तिमिल्सिनाको
मुक्तकमैया र कमलहरीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता मन्त्री तिमिल्सिनाको

Rato Pen 299+ समाचार ( )
१० भाद्र २०८२, बुधवार

बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुक्तकमैया, कमलहरी तथा सुकुम्बासी समुदायलाई प्राथमिकतामा राखेर सरकार काम गरिरहेको बताउनु भएकाे छ । उनीहरूको जीवनस्तर सुधार र जिविकोपार्जनका लागि प्रदेश सरकारले लक्षित बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाले २०८१/८२ आर्थिक वर्ष अन्तर्गत सञ्चालन गरेको मुक्तकमैया–कमलहरी आयआर्जन कार्यक्रमअन्तर्गत सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री तिमिल्सिनाले यस्तो बताउनु भएकाे हाे । 

उहाँले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै शिक्षा र कृषि क्षेत्रको सशक्तिकरणबाट मात्र समृद्ध नेपालको परिकल्पना सम्भव हुने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पार्नु भयाे । मन्त्री तिमिल्सिनाले आफ्नो आयआर्जनसँगै सन्तानलाई नैतिक र सुसंस्कृत बनाउनुपर्नेमा जोड दिँदै समाजमा फैलिँदै गएको विकृति र विसंगतिबाट जोगिन समुदाय स्वयं सजग हुनुपर्नेमा ध्यानाकर्षण गराउनु भयाे। साथै उहाँले लुम्बिनी प्रदेश सरकार यस क्षेत्रका जनतालाई न्यायोचित ढंगले सेवा दिन प्रतिबद्ध रहेको बताउनु भएकाे छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले किसानलाई आधुनिक कृषि प्रणालीमा लैजान निःशुल्क तथा लागत साझेदारीमा कृषि औजार वितरण भइरहेको जानकारी दिनु भयाे । उहाँले संघ, प्रदेश र स्थानीय तहबाट हुने कार्यक्रमहरू दोहोरो नहोस् भन्ने उद्देश्यले सबै समुदायलाई समेट्ने प्रयास भइरहेको बताउनु भयाे ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले कृषकहरूको मागलाई आधार मानेर काम भइरहेको भन्दै कृषकहरूले कार्यालयसँग सम्पर्कमा रहँदै उपलब्ध सेवा र सुविधाबाट लाभ उठाउन आग्रह गर्नु भयाे ।

बारबर्दिया–१ का जमुना र लौगहवाका २३ जना कृषकलाई उक्त कार्यक्रममा कृषि सामाग्री हस्तान्तरण गरिएको थियो । जमुनास्थित कविला कृषक समूहका १९ जना र लौगहवास्थित चन्द्रागिरी कृषक समूहका ४ जना गरी २३ जनाले सामग्री प्राप्त गरेका हुन् । वितरण गरिएको सामग्रीमा पानी तान्ने मोटर ९ थान, स्प्रेट ट्याङ्की १२ थान, क्रेट २८ थान, डिजिटल तराजु ३ थान र मोटर पाइप ३ थान रहेका छन् ।

कविला कृषक समूहका अध्यक्ष मंगलराम थारु र चन्द्रागिरी कृषक समूहकी अध्यक्ष गंगा विकले प्राप्त सामग्रीले कृषिबाट आयआर्जन गर्न ठूलो सहयोग पुग्ने बताउनु भयाे । उहाँहरूले मुक्तकमैयासँग औसतमा पाँच कठ्ठा मात्र जमिन भएकाले सरकारी अनुदान पर्याप्त नपुग्ने भन्दै थप प्रभावकारी ऐन तथा कार्यविधि बनाउन आग्रह गर्नु भएकाे छ ।

कार्यक्रममा मुक्तकमैयाका अगुवा, वडा अध्यक्षहरू, कृषक समूहका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार