मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न
कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

Rato Pen 357+ समाचार ( )
३० अशोज २०८२, शुक्रबार

 बारबर्दिया — असोज ३० गते

बारबर्दिया नगरपालिका–९ स्थित कतर्निया आधारभूत स्वास्थ्य केन्द्रमा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सरोकारवालाहरूले कतर्निया स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०८२/०८३ भित्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने प्रतिबद्धता जनाए। साथै, हरेक महिना विद्यालयमा स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन गर्नेस्वास्थ्य संस्था व्यवस्थापन समितिमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गर्ने निर्णय गरियो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले स्वस्थ नागरिक नै गुणस्तरीय शिक्षाको आधार भएको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीको शारीरिक, मानसिक र व्यवहारिक विकासमा स्वास्थ्यको भूमिका प्रमुख हुन्छ। “जब नागरिक स्वस्थ हुन्छ, तब मात्र उसले समाजका हरेक क्षेत्रमा योगदान दिन सक्छ,” उहाँको भनाइ थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यार्थी क्षेत्रमा गरिएको लगानीले समुन्नत समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिकाले किशोरकिशोरी सम्बन्धी सवालहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि बताउनुभयो।

सुनुवाइमा सहभागी किशोरकिशोरीहरूले स्वास्थ्य सेवा, शिक्षा र पालिकाका प्रतिनिधिसँग आफ्ना जिज्ञासा राखेका थिए। उनीहरूले स्वास्थ्य सेवामा पहुँच र मैत्रीपूर्ण व्यवहारका विषयमा सुझाव पनि दिएका थिए। सरोकारवाला निकायहरूले ती सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले समुदायमा यौन तथा प्रजननका विषयमा अझै पनि खुला छलफल हुन नसकिरहेको बताउनुभयो। उहाँका अनुसार किशोरकिशोरीको जिज्ञासा र समस्या सम्बोधनका लागि निरन्तर काम भइरहेको छ।

यो कार्यक्रम किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत आयोजित हो। सो परियोजना कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपालराधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्वारा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार