मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता
बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता

Rato Pen 357+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

होमेन्द्र थापा, बर्दिया 

बर्दिया जिल्लामा शान्ति सुरक्षा, सांस्कृतिक तथा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, विकास निर्माण र अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजनामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, उद्योगी–व्यापारी तथा धार्मिक एवं सांस्कृतिक अगुवालगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकले जिल्लामा शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीच निरन्तर समन्वय, सूचना आदान–प्रदान र आवश्यक सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेको छ।

त्यसैगरी, विकास निर्माणका आयोजना तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, सुरक्षित र अवरोधरहित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने तथा देखिएका समस्या समयमै समाधानका लागि आवश्यक पहल गर्ने सहमति भएको छ।

सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि, भ्रामक सूचना, अफवाह तथा कानुनविपरीतका कार्य गर्ने जो–कोहीलाई समयमै पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो।

बैठकले जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव, विकास निर्माण तथा अन्तरनिकाय समन्वयसँग सम्बन्धित विषयहरूको नियमित समीक्षा गर्न आवश्यकताअनुसार यस्ता समन्वय तथा सद्भाव बैठकलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

यस्तै, सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दा प्रचलित कानुन, स्थानीय तहका मापदण्ड तथा सम्बन्धित निकायबाट जारी निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरिएको छ। साथै, अनावश्यक रूपमा उच्च आवाजमा डिजे, माइक, साउण्ड सिस्टम तथा अन्य ध्वनि प्रवर्धक उपकरण प्रयोग नगर्न सबै आयोजक तथा नागरिकलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार