मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

Rato Pen 327+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

बर्दिया — बारबर्दिया नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। जयनगरस्थित नगर सभाहलमा नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा आयोजित समारोहमार्फत नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरपालिकाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख छबिलाल थारुले बालबालिकाको स्वास्थ्य सुरक्षा नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो। उहाँले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यो उपलब्धिलाई दिगो बनाइ राख्न सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।

नगरउपप्रमुख रत्नकुमारी पाण्डेले पूर्णखोप अभियानले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्यप्रति कुनै पनि लापरबाही नगर्न अभिभावकलाई आग्रह गर्नुभयो।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरीले बारबर्दिया नगरपालिकाले जिल्लामै उदाहरणीय कार्य गरेको बताउनुभयो। उहाँले खोप कार्यक्रमले बाल मृत्युदर न्यूनीकरण तथा विभिन्न रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले पूर्णखोप घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै छुटेका ११ वटै वडामा पूर्णखोप सुनिश्चित भएपछि पालिकालाई घोषणा गरिएको जानकारी दिनुभयो।

समारोहमा ६० वर्ष उमेर पूरा गरी बिदाइ हुन लाग्नुभएका दुई जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरी बिदाइ गरिएको थियो। साथै अन्य एक जनालाई ३० हजार रुपैयाँ र अर्का एक जनालाई १५ हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी, नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै २२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा ११ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो। साथै पूर्णखोप सुनिश्चितताको प्रमाणस्वरूप ११ वटै वडालाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, सञ्चारकर्मी तथा पालिका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस घोषणा समारोहले पूर्णखोप सुनिश्चितता तथा स्वास्थ्य सेवाको क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको मनोबल उच्च बनाउँदै आगामी दिनमा स्वास्थ्य अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार